टेस्लाले छोटो दायरा भएको सस्तो मोडल एस र मोडल एक्स भेरियन्टहरू बेच्दै

Technology Khabar ३१ श्रावण २०८०, बुधबार

टेस्लाले छोटो दायरा भएको सस्तो मोडल एस र मोडल एक्स भेरियन्टहरू बेच्दै

काठमाडौं ।

टेस्लाले नयाँ मोडल एस र मोडल एक्स लन्च गरेको छ। साथै उक्त दुई मोडलहरु तिनीहरूको बेस भेरिएन्ट र प्लेड समकक्षहरू भन्दा अलि बढी किफायती भएको उल्लेख छ।

अटोमेकरले उक्त नयाँ अफरिङ्गसलाई “स्ट्यान्डर्ड रेन्ज” भेरियन्टको रूपमा सूचीबद्ध गरेको छ भने यस वर्ष सेप्टेम्बरदेखि अक्टोबरमा अमेरिकामा डेलिभरीको लागि निर्धारित गरिएको छ।

मोडेल एस स्ट्यान्डर्ड रेन्जको मूल्य ७८,४९० अमेरिकी डलर रहेको छ भने स्ट्यान्डर्ड मोडल एक्सको मूल्य ८८,४९० अमेरिकी डलर पर्नेछ। यद्यपी दुबै मूल्यहरूमा खरिदकर्ताहरूले पछि प्राप्त गर्न सक्ने आफ्नो स्थानको लागि लागू हुने ईभी कर क्रेडिटहरूका साथै कुनै पनि बचत समावेश नगरिएको इनग्याजेटले रिपोर्ट गरेको छ।

दुबै मूल्यहरू बेस मोडल एस र मोडल एक्स भेहिकल्सको भन्दा १०,००० अमेरिकी डलर कम हो। यद्यपी नयाँ ईभीहरुमा तिनीहरूको लाइनमा रहेका अन्य संस्करणहरूको भन्दा सर्ट रेञ्ज (छोटो दायरा) हुने उल्लेख छ।

मोडल एसमा नयाँ विकल्पको रुपमा ३२० माइल रेञ्ज रहेको छ भने बेस भेरियन्ट (आधार संस्करण) को ४०५–माइल रेञ्जको साथ ८० माइल भन्दा धेरै टिक्न सक्ने उल्लेख गरिएको छ। नयाँ ईभीलाई शून्यबाट ६० माइल प्रतिघण्टाको गतिमा गति लिनको लागि ३.७ सेकेन्ड लाग्ने उल्लेख गरिएको छ। यसको बेस भर्सन (आधार संस्करण) को लागि समान गति हासिल गर्नका लागि ३.१ सेकेन्ड लाग्ने उल्लेख छ।

त्यसैगरी नयाँ मोडल एक्सको रेञ्ज २६९ माइल रहेको र उक्त रेञ्ज बेस भेरियन्टको (३४८ माइल) भन्दा थोरै भएको उल्लेख गरिएको छ। नयाँ मोडल एक्सलाई ६० माइल प्रतिघण्टाको गतिमा पुग्नलाई ४.४ सेकेन्ड लाग्ने र बेस भेरियन्ट (आधार संस्करण) लाई भने ३.८ सेकेन्ड समय लाग्ने उल्लेख गरिएको छ।

टेस्लाको वेबसाइटमा स्ट्यान्डर्ड रेन्जको भेहिकल्सको उपस्थिति देख्दा, अटोमेकरले ब्याट्री प्याकहरू विशेष गरी यी रिलिजहरूका लागि बनाउँदैछ वा यो आफ्नो लङ्गर रेन्जेस् (लामो दायराहरू) भएको ईभीहरूको लागि मात्र सफ्टवेयर–लकिङ प्याकहरू हो भनेर स्पष्टता नभएको इलेक्ट्रेकले जनाएको छ।

यदि यो लङ्गर रेन्जेस् ईभीहरूको लागि हो भने, ग्राहकहरू लङ्गर रेन्जेस्को लागि तिर्न इच्छुक भएको खण्डमा टेस्लाले ग्राहकहरूलाई भविष्यमा लङ्गर रेन्जेस् (लामो दायराहरू) अनलक गर्ने अवसर दिन सक्ने जनाइएको छ।

नयाँ स्ट्यान्डर्ड रेन्ज इभिहरू माथि उल्लिखित मूल्यहरूमा पर्ल ह्वाइटमा अल–ब्ल्याक इन्टेरियर, स्ट्यान्डर्ड ह्वील्स र स्टेयरिङ ह्विलका साथ उपलब्ध भएको उल्लेख छ। साथै खरीददारहरूले अन्य रङ्गहरू, कस्टमाईजेसन्स् र टेस्लाको एनहान्स्ड अटोपायलट (६,००० अमेरिकी डलर ) र फुल सेल्फ–ड्राइभिङ्ग क्यापासिटी (१५,००० अमेरिकी डलर) फिचर्सका लागि अतिरिक्त शुल्क तिर्नु पर्नेछ।

टेस्लाले हालका ग्राहकहरूलाई नयाँ खरिद गरिएको गाडीमा फुल सेल्फ–ड्राइभिङ स्थानान्तरण गर्ने विकल्प अहिले सित्तैमा दिइरहेको छ। उनीहरूले २०२३ को जुलाई २० देखि सेप्टेम्बर ३० को बीचमा नयाँ ईभीको डेलिभरी लिएमा मात्र यो वान–टाईम (एक पटकको) एमनेस्टीको फाइदा लिन सक्ने उल्लेख छ।

नयाँ स्ट्यान्डर्ड रेन्ज भेहिकल्स सेप्टेम्बर पछि डेलिभर गर्न सकिने भएकाले हालको टेस्ला ईभीमा यसअघि नै एफएसडी समावेश भए तापनि खरिदकर्ताहरूले एफएसडीको लागि फेरि पनि शुल्क तिर्नुपर्ने हुन सक्नेछ।

easy care

प्रकाशित: ३१ श्रावण २०८०, बुधबार