बीवाईडीको ५० लाख नयाँ ऊर्जा सवारी रोलआउट

Technology Khabar २७ श्रावण २०८०, शनिबार

बीवाईडीको ५० लाख नयाँ ऊर्जा सवारी रोलआउट

काठमाडौं ।

अटोमेकर बीवाईडीले ५० लाख नयाँ ऊर्जा सवारी (एनईभी) रोलआउट गर्दै उल्लेखनीय कोसेढुङ्गा हासिल गरेको छ। कम्पनीको यो उपलब्धी अटोमोबाइल क्षेत्रका लागि उल्लेखनीय उपलब्धीको रुपमा रहेको छ।

यसका साथै ५० लाख एनईभी रोल आउट गर्ने बीवाईडी पहिलो कम्पनी बनेको छ।

बीवाईडीको ग्लोबल हेडक्वार्टरमा आयोजित ९ अगष्टको एक समारोहमा माइलस्टोन गाडी डेन्जा एन७ सार्वजनिक गरिएको थियो।

बीवाईडीका चेयरम्यान तथा प्रेसिडेन्स वाङ चुआनफुले ऐतिहासिक कार्यक्रममा आफ्नो खुशी व्यक्त गर्दै आफ्नो उत्पादनमा विश्वभरका ग्राहकहरूको विश्वासको लागि कम्पनीको तर्फबाट कृतज्ञता दिए।

उनले उद्योग साझेदारहरूको सहयोगी प्रयास र बीवाईडीका कर्मचारीहरूको समर्पणलाई पनि स्वीकार गरे, जसको कडा परिश्रमले यो उल्लेखनीय ल्यान्डमार्कमा पुग्न योगदान दिएका थिए।

बीवाईडीको ग्राउन्डब्रेकिंग उपलब्धिले प्रारम्भिक मिलियनको लागि १३ वर्षको समय भित्रमा ५ मिलियन एनईभी को उत्पादन समावेश छ। त्यसपछिको ३ मिलियनको लागि मात्र १८ महिनामा, र ५ मिलियन माइलस्टोनमा पुग्न उल्लेखनीय रुपमा जम्मा ९ महिनामा लागेको थियो।

उछाल जारी रहो र २०२२ मा १८ लाख ६० हजार भन्दा धेरै सवारी बिक्री गर्न सफल भयो। सन् २०२३ मा मोमेन्टम जारी छ, जनवरी र जुलाई बीच १५ लाख यूनिट बिक्री भएको छ। समा विदेशमा उल्लेखनीय ९२ हजार ४६९ यूनिट समावेश छ। यो संख्या २०२२ को कुल विदेशी बिक्रीभन्दा बढी हो।

बीवाईडीको प्रभाव विश्वव्यापी रुपमा फैलिएको छ। कम्पनीले एनईभी ५४ भन्दा बढी देशहरुमा र ७० देशहको ४०० शहरमा विद्युतीय सार्वजनिक यातायात समाधानहरु सञ्चालन गरिरहेको छ।

easy care

प्रकाशित: २७ श्रावण २०८०, शनिबार

ताजा समाचार