ग्लोबल आइएमई बैंकका ग्राहकलाई दराजबाट १ रुपैयाँमा सामसङ ग्यालेक्सी एम ४ मोबाइल जित्ने मौका

Technology Khabar ५ चैत्र २०७९, आईतवार

ग्लोबल आइएमई बैंकका ग्राहकलाई दराजबाट १ रुपैयाँमा सामसङ ग्यालेक्सी एम ४ मोबाइल जित्ने मौका

काठमाडौं ।

ग्लोबल आईएमई बैंक लिमिटेडले दराजबाट १ रुपैयाँमा सामसङ ग्यालेक्सी एम४ मोबाइल फोन जित्ने योजना सार्वजनिक गरेको छ ।

यस योजनाअन्तर्गत बैंकका ग्राहकहरुले भिजा डेबिट/क्रेडिट कार्ड प्रयोग गरी दराजबाट अनलाइन भुक्तानी गरी मात्र १ रुपैयाँ खर्च गरेर सामसङ ग्यालेक्सी एम४ मोबाइल फोन जित्न सक्नेछन् ।

बैंकले दराज नेपालसँग सहकार्य गरी सार्वजनिक गरेको यो योजना ५ चैतदेखि ७ चैतसम्म मान्य रहनेछ।

यस योजनाको अन्त्यमा, बैंकको डेबिटरक्रेडिट कार्डद्वारा दराजमा अनलाइनमार्फत १ रुपैयाँ भुक्तानी गर्ने र मोबाइल फोन खरिद गर्न चाहने कुल सहभागीहरूमध्ये १ जना भाग्यशाली विजेता छनोट गरिनेछ। छनोट भएका एक भाग्यशाली विजेताले १ रुपैयाँमै सामसङ ग्यालेक्सी एम ४ मोबाइल फोन पाउनेछन्।

यो योजनाको मुख्य उद्देश्य अनलाइन कार्ड भुक्तानी (इ-कमर्स)लाई प्रवर्द्धन गर्नु रहेको बैंकले जनाएको छ।

easy care

प्रकाशित: ५ चैत्र २०७९, आईतवार

ताजा समाचार