इसेवाको आधिकारीक कर्मचारी भन्दै १६ लाख भन्दा बढी ठगी गर्ने व्यक्ति पक्राउ

Technology Khabar १४ माघ २०७९, शनिबार

इसेवाको आधिकारीक कर्मचारी भन्दै १६ लाख भन्दा बढी ठगी गर्ने व्यक्ति पक्राउ

काठमाडौं ।

इसेवा कार्यालयको आधिकारीक कर्मचारी भएको भन्दै १६ लाख भन्दा बढी ठगि गर्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ।

ईसेवाको आधिकारीक कर्मचारी हुँ भनि ईसेवा आईडी बैंक खातामा लिंकअप गराई दिन्छु, इसेवा आईडी नविकरण, केवाइसी फर्म अपडेट, स्टेटमेन्ट भेरिफाई, सेक्योर ट्रान्सफर चार्ज नलाग्ने जस्ता विविध कार्यहरु गरीदिन्छु भनि प्रलोभनमा पार्ने रौतहटका १९ वर्षिय शुभम साहलाई प्रहरीले पक्राउ गरेको हो।

उनले विभिन्न मोबाईल नम्बरहरुबाट फोन गरि ईसेवाका सेवाग्राहीहरुसंग ओटीपी मागी अनधिकृत रुपमा इसेवा एकाउन्टमा पहुँच पुर्‍याई बिभिन्न बैंक तथा बालेटहरुमा रकमान्तर गरी ठगि कार्यमा संलग्न रहेको प्रहरीले जनाएको छ।

प्रहरीकाअनुसार उनले ३३ जनाबाट १६ लाख भन्दा धेरै रकम ठगेका थिए।
निजको साथबाट निजको साथबाट बाईक १ थान, मोबाईल २ थान, सिमकार्ड १० थान, एटीएम कार्ड ३ थान, नागरीकता प्रमाणपत्र र ड्राईभिङ लाईसेन्स कार्डसमेत बरामद भएको प्रहरीले जनाएको छ।

easy care

प्रकाशित: १४ माघ २०७९, शनिबार