मारुती सुजुकीले भारतमा ६ नयाँ ईभी ल्याउने

Technology Khabar १३ माघ २०७९, शुक्रबार

मारुती सुजुकीले भारतमा ६ नयाँ ईभी ल्याउने

काठमाडौं ।

मारुती सुजुकीले भारतमा ६ ओटा नयाँ इलेक्ट्रिक सवारी उपलब्ध गराउने भएको छ। जापानको सुजुकी मोटर कर्पोरेसनले बिहीबार आर्थिक वर्ष २०३० सम्म भारतमा ६ ओटा इलेक्ट्रिक सार्वजनिक गर्ने बताएको डीएनएइन्डियाले उल्लेख गरेको छ।

कम्पनीले भारत सरकारले तोकेको लक्ष्य अनुसार सन् २०७० सम्म कार्बन न्यूट्रालिटी हासिल गर्ने बताएको छ।

मारुती सुजुकी इन्डियाले बीएसईमा सेयर गरेको आर्थिक वर्ष २०३० को वृद्धि रणनीतिमा सुजुकी मोटर कर्पोरेशनले भारतमा ब्याट्री ईभी मात्र उपलब्ध नगराई सीएनजी, बायोग्यास र इथेनोल मिश्रित कार्ब न्यूट्रल इन्टरनल कम्बसन इन्जिन गाडीहरु पनि उपलब्ध गराउनेछ।

आफ्नो ब्याट्री ईभी योजनामा, एएमसीले भन्यो, ‘भारतमा हामी अटो एक्स्पो २०२३ मा घोषणा गरिएको एसयूभी ब्याट्री ईभी आर्थिक वर्ष २०२४मा , अन्य ६ नयाँ मोडल आर्थिक वर्ष २०३० सम्मप्रस्तुत गर्नेछौं।’

आर्थिक वर्ष २०३० सम्म कम्पनीको उत्पादन पोर्टफोलियोको १५ प्रतिशत ब्याट्री ईभी हुनेछ भने इन्टरनल कम्बसन इन्जिनको हिस्सा ६० प्रतिशत र हाइब्रिड इलेक्ट्रिक भेहिकल २५ हुने जानकारी दिएको छ।

मारुती सुजुकी इन्डिया मुलुकको सबैभन्दा ठूलो यात्रुवाहक सवारी निर्माता हो। यस महिनाको शुरुमा आयोजित अटो उक्स्पो २०२३ मा एसएमसीले कन्सेप्ट इलेक्ट्रिक एसयूभी ‘ईभीएक्स’ सार्वजनिक गरेको थियो। यो सम्भवत २०२५ सम्म बजारमा आउने छ।

easy care

प्रकाशित: १३ माघ २०७९, शुक्रबार