अब टाटा अल्ट्रोज र टाटा पन्च ईभीमा आउने

Technology Khabar १८ मंसिर २०७९, आईतवार

काठमाडौं ।

टाटा मोटर्सले आफ्नो केही पेट्रोल डिजल इन्जिन मोडलार्य इलेक्ट्रिक सवारीको रुपमा बजारमा ल्याइसकेको छ।

यस वर्षको शुरुवातमा कम्पनीले टाटा प्यासेन्जर इलेक्ट्रिक मोबिलिटी लिमिटेड (टीपीईएमएल)को घोषणा गरेको छ। यो इलेक्ट्रिक सवारीका लागि कम्पनपीको डेडिकेटेड ईभी डिभिजन हुने ड्राइभस्पार्कले उल्लेख गरेको छ।

यस नयाँ ईभी सब डिभिजनमा तीन प्लेटफर्म छ। यसको मद्दतले कम्पनीले आगामी १० वर्षसम्म इलेक्ट्रिक कार बनाउनेछ।

कम्पनीको इन्टरनल कम्बसन इन्जिन आर्किटेक्चर रेञ्जमा टाटा नेक्सन ईभी र टियागो ईभी रहेको छ। कम्पनीको आगामी टाटा अल्ट्रोज ईभी र टाटा पन्च ईभी सिग्मा प्लेटर्फममा बनाइनेछ। जुन अल्फा आर्किटेक्चरमा आधारित छ। यो प्लेटफर्म ईभीका लागि राम्रो हुने कम्पनीको विश्वास छ।

नयाँ आर्किटेक्चरमा कम्पनीले फ्यूल ट्याक्क एरियाबाट ट्रान्समिसन टनल हटाएको छ। ठूलो ब्याट्री प्याक एडजस्ट गर्नका लागि कारमा फ्ल्याट फ्लोर दिइने सम्भावना छ।

टाटा अल्ट्रोल ईभी र टाटा पन्च ईभी हालको मोडलको तौलको तुलनामा हल्का र ठूलो हुनका साथै धेरै रेञ्ज प्राप्त गर्न सकिन्छ।

टाटा मोटर्सले आगमी इलेक्ट्रिक कारमा कम्पनीको जिपट्रोन हाई भोल्टेज टेक्नोलोजी प्रयोग गर्नेछ। हालसम्म कम्पनीको तर्फबाट नयाँ ईभीको ब्याट्री क्षमता, पावर र रेञ्जको सम्बन्धमा आधिकारिक जानकारी दिइएको छैन।

रिपोर्टका अनुसार टाटा पन्च ईभीले फुल चार्जमा ३०० किलोमिटर भन्दा धेरैको रेञ्ज प्रदान गर्छ। नयाँ टाटा अल्ट्रोज र टाटा पन्च ईभीमा ब्लू हाइलाइट्स र क्लोज्ड ग्रिल समेत थोरै धेरै ईभी स्पेसिफिक डिजाइन एलिमेन्ट्स अपडेट गरिनेछ।

टाटा अल्ट्रोज र टाटा पन्च ईभी दुबै मोडल २०२३ मा सार्वजनिक गरिने सम्भावना छ। टाटा अल्ट्रोज र टाटा पन्च ईभीको मूल्य पेट्रोल डिजल भेरियन्टभन्दा धेरै हुनेछ। टाटा अल्ट्रोज ह्याजब्याक मोडलको शुरुवाती मूल्य ६ लाख ३५ हजार भारु र टाटा पन्चको शुरुवाती मूल्य ६ लाख भारु छ।

easy care

प्रकाशित: १८ मंसिर २०७९, आईतवार