तपाईँको स्मार्टफोनमा भाइरस छ कि छैन् यसरी सजिलै पत्ता लगाउनुस्

Technology Khabar २१ आश्विन २०७८, बिहीबार

तपाईँको स्मार्टफोनमा भाइरस छ कि छैन् यसरी सजिलै पत्ता लगाउनुस्

काठमाडौं ।

फोन ह्याकिङ्ग र मोबाइलबाट व्यक्तिगत डाटाको चोरी एक ठूलो समस्या बनिरहेको छ। ह्याकरहरूले भाइरसको माध्यमबाट मानिसहरुको व्यक्तिगत जानकारी चोर्ने गरेका छन्। यसको लागी, ह्याकर्सले एक मोबाइल एपको सहारा लिन्छन् र स्मार्टफोनमा एक भाइरस स्थापित गर्दछ।

आज हामी यहाँ तपाईँलाई कसरी तपाइँको स्मार्टफोनमा भाइरस भए नभएको पत्ता लगाउन सक्नुहुन्छ र यसबाट कसरी बच्न सकिन्छ भन्ने बारेमा जानकारी दिने प्रयास गर्नेछौं ।

थाहा पाउनुहोस्-

फोनमा भाइरस भएको कसरी चिन्ने ?

  • यदि तपाइँको स्मार्टफोनमा सामान्य काम गरिरहनु भएको बेलामा पनि धेरै तातो हुन थाल्छ भने बुझ्नुहोस् कि स्मार्टफोनमा एक भाइरस एप छ।
  • फोनको डाटा चाँडै सकिन्छ वा फोनको बिल धेरै आउनु पनि फोनको नियन्त्रण ह्याकरहरुसंग पुगेको छ भन्ने संकेत हो।
  • स्मार्टफोनमा अत्यधिक विज्ञापनका नोटिफिकेसनहरु देखिने गरेका छन भनेपनि तपाइँको उपकरणमा भाइरस छ भन्ने संकेत हो।
  • यदि स्पाम सन्देशहरु तपाइँको फोनबाट तपाइँको कुनै सम्पर्कमा पठाइएको छ भने यो ठूलो चिन्ताको बिषय हो। यसको अर्थ ह्याकरहरुले यसको माध्यमबाट तपाइँको फोनका साथसाथै अरुको डिभाइसहरुमा भाइरस इन्स्टल गर्ने प्रयास गरिरहेका छन् ।

 

यी सुझावहरु पालना गर्नुहोस्ः

  • यदि तपाइँको फोन सुरक्षित रहोस भन्ने चाहानुहुन्छ भने तेस्रो पक्षीय एपहरुलाई बिल्कुल प्रयोग नगर्नुहोस्। यी तेस्रो पक्षीय एपहरुमा यस्ता लिंकहरु हुन्छन् जस मार्फत ह्याकरहरुले तपाइँको व्यक्तिगत जानकारी चोरी गर्न सक्छन्।
  • ह्याकरहरुबाट बच्न बलियो पासवर्डको उपयोग गर्नुहोस्।
  • बलियो पासवर्ड बनाउनको लागी पासवर्ड बनाउने एपको उपयोग गर्न सक्नुहुन्छ। यस बाहेक, तपाइँ संख्यामा अक्षरहरु मिश्रण गरेर बलियो पासवर्ड बनाउन सक्नुहुन्छ।
easy care

प्रकाशित: २१ आश्विन २०७८, बिहीबार