दूरसञ्चार प्राधिकरणले भन्यो- नेपालभित्रै किनेका मोबाइल सेटको पुनः आईएमईआई दर्ता गर्नु पर्दैन्

Technology Khabar २३ असार २०७८, बुधबार

दूरसञ्चार प्राधिकरणले भन्यो- नेपालभित्रै किनेका मोबाइल सेटको पुनः आईएमईआई दर्ता गर्नु पर्दैन्

काठमाडौं ।

नेपाल दूरसञ्चार प्राधिकरणले हाल सञ्चालनमा रहेका मोबाइल फोनहरुको आईएमईआई दर्ता गर्नुनपर्ने स्पष्ट पारेको छ।

पछिल्लो दिनमा प्राधिकरणको आईएमईआई दर्ता गर्ने प्रणालीमा नै ठूलो ट्राफिक वृद्धि भएको भन्दै सर्वसाधारणलाई नआत्तिनका लागि अनुरोध गरेको छ।

प्राधिकरणले सार्वजनिक सूचना जारी गर्दै नेपालभित्रै किनेका कुनैपनि मोबाइल सेटको आईएमईआई दर्ता गर्नु नपर्ने स्पष्ट पारेको छ ।

“धेरै मोबाइल ग्राहकहरुलाई प्रयोगमा रहेका आफ्नो सेटको आईएमईआई दर्ता गर्नुपर्ने हो कि भनी भ्रम तथा अन्यौल उत्पन्न भई यस प्राधिकरणमा सम्पर्क गर्ने क्रम बढेको तथा प्राधिकरणको https://eir.nta.gov.np/main/individual वेबसाइटमा उपलब्ध लिंकमा दर्ता गर्ने क्रम समेत अत्यधिक वृद्धि भई उक्त प्रणालीमा प्राविधिक समस्या उत्पन्न भई दर्ता प्रकृयामा अवरोध भएको र प्राधिकरण उक्त प्रणाली शिध्र सुचारु गर्न प्रयासरत रहेको तथाउक्त प्रणाली सुचारु हुन केहि समय लाग्ने” उल्लेख गरेको छ।

त्यसैगरि व्यक्तिगत तबरले विदेशबाट आयात भई प्रयोग भईरहेका सेटहरुको हकमा ग्राहकको दूरसञ्चार सेवा अवरुद्ध नहुने गरी व्यवस्था मिलाईने र अवरुद्ध आईएमईआई दर्ता प्रणाली सुचारु भएपछी थप उचित समय प्रदान गरी आईएमईआई दर्ता गर्ने प्रबन्ध मिलाईने जनाएको छ ।

प्राधिकरणले नेपालमा नियमानुसार आयात भई प्राधिकरणमा दर्ता भएका मोबाइल सेट खरिद गर्न तथा अनिवार्यरुपमा भ्याट बिल लिई खरिदगरी अनावश्यक झन्झटबाट मुक्त हुन समेत आग्रह गरेको छ ।

प्राधिकरणले आगामी साउन १ गतेदेखि मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम लागू गर्न गईरहेको हुँदा बजारमा अनावश्यक हल्ला आएको भन्दै सार्वजनिक सूचना नै जारी गरेर भ्रमहरु चिर्न खोजेको जनाएको छ ।

हेर्नुस सूचना-

NTA_IMEI Notice
easy care

प्रकाशित: २३ असार २०७८, बुधबार

ताजा समाचार