लाभा मोबाइलले आईपीओ निकाल्दै, गुमेको बजार हिस्सा फेरि प्राप्त गर्ने अपेक्षा

Technology Khabar २६ जेष्ठ २०७८, बुधबार

लाभा मोबाइलले आईपीओ निकाल्दै, गुमेको बजार हिस्सा फेरि प्राप्त गर्ने अपेक्षा

काठमाडौं ।

भारतीय स्मार्टफोन कम्पनी लाभा इन्टरनेशनलले आफ्नो बजार हिस्सा बढाउने उद्देश्यले आईपीओ जारी गर्ने भएङ्को छ।

अन्तरर्ष्ट्रिय स्मार्टफोन आपूर्ति श्रृङ्खला भारततिर आइरहेका र भारत सरकारले स्वदेशी उत्पादनलाई बढावा दिइरहेका बेला आएको लाभाको यो कदम महत्वपूर्ण रहेको बुझिएको छ।

इकोनोमिक टाइम्सका अनुसार कम्पनीले आईपीओको तयारी गर्दै गर्दा आफ्ना हालका केही शेयरहोल्डरहरुलाई बजारबाट शेयर बेच्न आग्रह पनि गरेको छ। लाभाले आईपीओबाट लगभग २ अर्ब डलर उठाउने र चिनियाँ प्रविधि कम्पनी यूएनआईसीले उसको भागमा रहेको ३.३ शेयर पूरै वा केही हिस्सा लाभालाई बेच्ने बुझिएको छ।

केही समयअघिसम्म लाभा भारतकै उत्कृष्ट तीन स्मार्टफोन ब्रान्ड तथा भारतीय बजारको उत्कृष्ट ५ भेन्डरका रुपमा रहँदै आएको थियो। काउन्टरपार्ट रिसर्चका अनुसारसन् २०२० सम्म ७५ प्रतिशत भारतीय बजार चिनियाँ ब्रान्डले ओगटेका थिए। पछिल्ला २ वर्षमा भारतमा उत्कृष्ट पाँचमा पर्ने सामसङ एउटा मात्रै गैर चिनियाँ ब्रान्ड थियो भने भारतीय ब्रान्ड अहिलेसम्म उक्त सूचीमा पर्न सकेको छैन।

अमेरिका चीन व्यापार युद्ध तथा कोरोना महामारीका कारण हाल आपूर्ति श्रृङ्खला चीनबाट अन्यत्र सर्न लागेकाले भारतीय स्मार्टफोन निर्माताहरुले बजारमा स्थान पाउने सम्भावना बढेको छ।

कम्पनीले गत वर्ष स्वदेशी स्मार्टफोन टोली बनाउन तथा बिस्तारै फ्याक्ट्री चीनबाट भारतमा ल्याउन लगभग ११ करोड डलर खर्च गर्ने घोषणा गरेको थियो।

कम्पनी २०२० मा सरकारी अनुदान कार्यक्रममा छानिएको थियो भने सरकारी सहयोग लिन उसले सरकारले तोकेको लगानी र व्यापार लक्ष्य पूरा गर्नुपर्छ।

यसका लागि लाभालाई पुँजी बढाएर उत्पादन क्षमता वृद्धि गर्नुछ। उसलाई चिनियाँ ब्रान्डबाट आफ्नो बजार हिस्सा पुन: प्राप्त गर्न तथा सरकारी अनुदान प्राप्त गर्न आईपीओ जारी गर्नु आवश्यक थियो।

सरकारले सन् २०२५ सम्म स्वदेशी स्मार्टफोन निर्माणको हालको क्षमता २०-२५ बाट बढाएर ३५-४० प्रतिशत बनाउने लक्ष्य लिएको छ।

easy care

प्रकाशित: २६ जेष्ठ २०७८, बुधबार