बिटक्वाइन अमेरिकी डलर विरुद्धको स्क्याम भएको पूर्व अमेरिकी राष्ट्रपति ट्रम्पको भनाई

Technology Khabar २५ जेष्ठ २०७८, मंगलवार

बिटक्वाइन अमेरिकी डलर विरुद्धको स्क्याम भएको पूर्व अमेरिकी राष्ट्रपति ट्रम्पको भनाई

काठमाडौं ।

पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिटक्वाइनलाई अमेरिकी डलरको मूल्यलाई असर गर्ने ‘घोटाला’ को रूपमा भएको बताएकाछन् । उनले हालै अमेरिकी टिभी फक्सन्यूजलाई अन्तरवार्ता दिँदै बिटक्वाइनलाई आफूले स्क्याम जस्तै देखेको बताए ।

‘बिटक्वाइन, यो केवल एक घोटाला जस्तो देखिन्छ,’ ट्रम्पले भने, ‘मलाई यो मनपर्दैन किनकि यो अर्को मुद्रा हो जुन डलरको बिरूद्ध प्रतिस्पर्धा गर्दछ।’

उनले डलरलाई ‘विश्वको मुद्रा’ बनाउन चाहेको बताए ।

उनको टिप्पणीहरू हालै एल साल्भाडोरले क्रिप्टो मुद्रालाई कानूनी टेन्डर बनाउने योजना बनाएको समाचारपछि आएको हो ।

बिटक्वाइनको मूल्यमा मे महिनाको शुरुवातदेखि नै स्थिर गिरावट आएको छ र अहिलेसम्म सुधार हुन सकेको छैन।

चीनमा बैंकहरू र भुक्तान गर्ने कम्पनीहरूलाई क्रिप्टो मुद्रा लेनदेन सम्बन्धी सेवाहरू उपलब्ध गराउन प्रतिबन्ध लगाइएको, साथै इलेक्ट्रिक कार निर्माता टेस्लाले केहि साता अघि बिटक्वाइन स्वीकार नगर्ने घोषणा गरेको थियो । एजेन्सी

easy care

प्रकाशित: २५ जेष्ठ २०७८, मंगलवार