ईलेक्ट्रिक पिकअप कम्पनी रिभियनले सामसङ एसडीआईसँग ब्याट्री किन्ने

Technology Khabar ३१ चैत्र २०७७, मंगलवार

ईलेक्ट्रिक पिकअप कम्पनी रिभियनले सामसङ एसडीआईसँग ब्याट्री किन्ने

काठमाडौं ।

अमेजनद्धारा समर्थित ईभी निर्माता स्टार्टअप रिभियनले सामसङ एसडीआईसँग आफ्नो ब्याट्री सेल आपूर्तिकर्ताको रूपमा साझेदारी गरेको छ । यस वर्षको अन्तसम्ममा बजारमा कम्पनीले विद्युतीय पिकअप ल्याउने लक्ष्य राखेको छ।

यी दुई कम्पनीले सम्झौताको मूल्य वा यसको सहकार्यको अवधि बारे भने जानकारी दिएनन् । ‘सामसङ एसडीआईसँग सम्पूर्ण सवारी साधन विकास प्रक्रियामा काम गरिरहेको छ,’ सोमबार जारी विज्ञप्तिमा रिभियनले भन्यो ।

रिभियनले औंल्याएअनुसार यसको प्रत्याशित आर१टी पिकअप र आर१एस पिकअप जसलाई कम्पनीले साहसिक गाडी भएको भन्ने गर्दछ, जसको लागि एक ब्याट्री मोड्युल र प्याक चाहिन्छ जसले उच्च तापक्रम र टिकाऊपन प्रयोगका केसहरू सम्हाल्न सक्छ।

दक्षिण कोरियामा आधारित सामसङले पहिले नै अन्य गाडी निर्माताहरूलाई ब्याट्री सेलहरू आपूर्ति गर्दछ। सन् २०१९ मा, कम्पनीले १० बर्षको आपूर्ति सम्झौताको लागि बीएमडब्ल्यू समूहसँग ३.२ अर्ब डलरको सम्झौता गरेको थियो। एजेन्सी

easy care

प्रकाशित: ३१ चैत्र २०७७, मंगलवार