सफ्टवेयरको सोर्स कोड ह्याक गरेको आरोपमा तीन जना पक्राउ

Technology Khabar २ चैत्र २०७७, सोमबार

सफ्टवेयरको सोर्स कोड ह्याक गरेको आरोपमा तीन जना पक्राउ

काठमाडौं ।

नेपाल प्रहरीको साइबर ब्युरोले सफ्टवेयरको सोर्स कोड दुरुपयोग गरेको आरोपमा तीन जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा दाङको लमही नगरपालिका-५ घर भएका३९ वर्षीय बिमल केसी, रुपन्देही जिल्ला, मायादेवी गाउँपालिका-५ घर भएका ४० वर्षीय श्याम बहादुर चाैधी तथा नवलपरासी पूर्वको कावासोती नगरपालिका-७ घर भएका ३६ वर्षीय शंकर ज्ञवाली रहेका ब्युरोले जनाएको छ।

पक्राउ परेका तीनै जना बुटवलमा प्रिफेस टेक्नोलोजी प्राइभेट लिमिटेडका सञ्चालकका रुपमा रहेका छन्।

नेशनल सफ्टवेयर एण्ड आईटी सोलुसन प्राइभेट लिमिटेडले आफ्नो कम्पनीको स्वामित्वमा रहेको सफ्टवेयरको सोर्स कोड र युजर इन्टरफेसको दुरुपयोग गरी विभिन्न संघसंस्थालाई बेचेको भनी प्रिफेस टेक्नोलोजी प्राइभेट लिमिटेडका नाउँमा नेपाल प्रहरीको साइबर ब्युरोमा किटानी जाहेरी दिएको थियो।

उक्त जाहेरी अनुसार ब्युरोको विशिष्टिकृत अध्ययन र अनुसन्धानपछि प्रिफेस टेक्नोलोजी प्राइभेट लिमिटेडले सफ्टवेयरको सोर्स कोड र युजर इन्टरफेसको दुरुपयोग गरेको प्रमाण भटेको थियो।

तिनै प्रमाणका आधारमा प्रिफेस टेक्नोलोजी प्राइभेट लिमिटेडका सञ्चालकहरुले विद्युतीय कारोबार ऐन २०६३ विपरीतको कसुर गरेको ठहर गर्दै ब्युरोले सञ्चालकमध्येका ३ जनालाई पक्राउ गरी म्याद थप गरेर अनुसन्धान गरिरहेको तथा बाँकी सञ्चालकहरु फरार रहेको जनाएको छ।

easy care

प्रकाशित: २ चैत्र २०७७, सोमबार