एनभिडियाद्वारा एआरएमको सम्भावित अधिग्रहणमा क्वालकमको विरोध

Technology Khabar ३ फाल्गुन २०७७, सोमबार

एनभिडियाद्वारा एआरएमको सम्भावित अधिग्रहणमा क्वालकमको विरोध

काठमाडौं ।

अमेरिकी चिप निर्माता क्वालकमले एनभिडियाद्वारा एआरएमको सम्भावित अधिग्रहणको विरोध गरेको छ। गत सेप्टेम्बरमा उसले सम्झौतामा ४० अर्ब डलर तिर्न इच्छुक रहेको बताएको थियो।

एनभिडियाको खरीद सम्झौता पुरा गर्नका लागि विश्वभरका नियामकहरुद्वारा अनुमोदित हुनुपर्दछ। क्वालकमले संघीय व्यापार आयोग, यूरोपीयन आयोग, बेलायत प्रतिस्पर्धा र बजार प्राधिकरण तथा चिनियाँ राज्य बजार नियामक प्रशासनलाई आफ्नो विरोध जनाएको फाइनान्सियल टाइम्सले उल्लेख गरेको छ।

क्वालकमको विश्वास छ कि यदि एनभिडियाले एआरएम किनेमा एनभिडियाले अन्य चिपमेकरहरूलाई आर्मको बौद्धिक सम्पत्ति प्रयोग गर्न दिँदैन। यसले ५०० भन्दा धेरै कम्पनीहरूको लागि समस्या उत्पन्न गर्न सक्दछ जसले आर्म टेक्नोलोजीमा आधारित रहेर आफ्नो चिपहरू निर्माण गर्न अनुमति दिन्छन् ।

एआरएम वास्तुकला विश्वमा ९५ प्रतिशत स्मार्टफोन र चीनमा डिजाइन गरीएको ९५ प्रतिशत चिप्समा प्रयोग हुन्छ। क्वालकम चिन्तित छ कि एनभिडियाद्धारा अधिग्रहण पछि केही सीमा पार गर्न सक्षम हुनेछ।

धेरै उद्योग स्रोतहरू र दुई प्रविधि लगानीकर्ताहरूले भने कि कम्तिमा एक नियामकद्वारा सम्झौता अवरुद्ध हुने उच्च संभावना छ । अर्कोतर्फ, एनभिडियाले यो सम्झौता नियामकहरूले अनुमोदन गर्नेमा आफू विश्वस्त भएको बताएको छ ।

अर्कोतर्फ यो खरिद बिक्रीमा गुगल र माइक्रोसफ्ट समेत विरोधमा रहेको बताईएको छ।

easy care

प्रकाशित: ३ फाल्गुन २०७७, सोमबार