भारतीय मोबाइल ब्रान्ड ‘कार्बन’ फेरि आउँदै, चिनियाँ ब्राण्डलाई टक्कर दिन सस्ता स्मार्टफोन ल्याउँदै

Technology Khabar १३ माघ २०७७, मंगलवार

भारतीय मोबाइल ब्रान्ड ‘कार्बन’ फेरि आउँदै, चिनियाँ ब्राण्डलाई टक्कर दिन सस्ता स्मार्टफोन ल्याउँदै
फाइल

काठमाडौं ।

कुनै समय निकै चर्चामा रहेकाो भारतीय मोबाइल ब्रान्ड कार्बन पुन बजारमा आउने भएको छ । केहि समयदेखि बजारबाट करिब लुप्त भइसकेका माइक्रोम्याक्स, लाभा इन्टरनेसनल र कार्बन मोबाइलको उत्पादन पुनः सुचारु भइरहेको छ ।

सन् २०२० नोभेम्बरमा माइक्रोम्याक्सले नयाँ ब्रान्ड ‘आइएन’ मोबाइल ल्याएको थियो भने लाभाले कस्टमाइजेबल स्मार्टफोन रेन्ज ‘माईजेट’ सार्वजनिक गरेर बजारमा पुन: आएको छ।

यस्तो अवस्थामा अर्को भारतीय ब्रान्ड कार्बन मोबाइल पनि बजारमा पुन आउने भएको छ । कार्बनले सन् २०२१ मार्च भित्रमा दुई नयाँ स्मार्टफोन बजारमा ल्याउने योजना बनाइरहेको छ ।

मेड इन इन्डिया नेमप्लेटका अलावा, यी ब्रान्डले पुनः आगमन रणनीति चिनियाँ स्मार्टफोन निर्माताहरुकै कपी गरेका छन् । चिनियाँ कम्पनीले शक्तिशाली स्पेसिफिकेसनमा सस्तो मूल्यमा फोन बेच्दै आइरहेका छन् ।

भारतीय मोबाइल कम्पनीले पनि चिनियाँकै रणनीति अबलम्बन गर्दै शक्तिशाली स्पेसिफिकेसन रहेको स्मार्टफोनलाई सस्तो मूल्यमा सार्वजनिक गर्नेछ । बजारमा पुन कब्जा जमाउन कम्पनीले यस्तो रणनीति लिएका हुन् ।

लाभा माईजेटको मूल्य ६,९९९ देखि १०,५०० भारु तोकिएको छ भने माइक्रोम्याक्स आईएन नोट १ को मूल्य १०,९९९ भारु र आईएन १बीको मूल्य ६,९९९ भारु तोकिएको छ । कार्बन मोबाइलले पनि आफ्नो फोनको मूल्य ५,००० देखि १०,००० भारुसम्म सार्वजनिक गर्ने चर्चा छ ।

कार्बनका ८ स्मार्टफोन सार्वजनिक हुने

कार्बन मोबाइलका एमडी प्रदीप जैनका अनुसार कम्पनीले सुरुवाती रुपमा ५,००० देखि ७,००० भारु मूल्यका ब्रान्डमा ध्यान दिने योजना बनाएको छ । यो सेगमेन्टमा धेरै प्रतिस्पर्धा छैन । विस्तारै १० हजार भारु सेगमेन्टमा हात हाल्ने छ ।

कम्पनीले आफ्नो स्मार्टफोन गाउँदेखि शहरसम्म बेच्ने लक्ष्य राखेको छ । फोन बेच्नका लागि कम्पनीले ४५ हजार रिटेल टचप्वाइन्टका साथै इकमर्स प्लेटफार्म पनि प्रयोग गर्ने रणनीति लिएको छ ।

ग्राहकलाई आकर्षित गर्न कम्पनीले ७ हजार भारु भन्दा सस्तो मूल्यमा ६ इन्च डिस्प्लेमा २ जीबी र्याम र ३२ जीबी स्टोरेज दिनेछ । सन् २०२१ मा कार्बनले ८ नयाँ स्मार्टफोन सार्वजनिक गर्ने योजना बनाएको छ ।

भारतमा चिनियाँ विरोधी लहर आईरहेको बेलामा भारतका स्थानिय ब्राण्डहरुले समेत त्यसलाई बजारमा ‘क्यास’ गर्ने प्रयास गरिरहेका छन् ।

easy care

प्रकाशित: १३ माघ २०७७, मंगलवार

ताजा समाचार