मिडियाटेकले डाइमेन्सिटी ११०० मा काम गर्दै, डाइमेन्सिटी १२०० भन्दा कम क्षमताको हुने

Technology Khabar ५ माघ २०७७, सोमबार

मिडियाटेकले डाइमेन्सिटी ११०० मा काम गर्दै, डाइमेन्सिटी १२०० भन्दा कम क्षमताको हुने

काठमाडौं ।

मिडियाटेकले फ्ल्यागसिप ५ जी स्मार्टफोनका लागि दोस्रो जेनेरेसनको चिपसेट निर्माण गरेको छ । यसको नाम डाइमेन्सिटी १२०० (एमटी६८९३) रहने भनेर सूचना बाहिरिरहेको छ ।

यसका साथै त्योभन्दा कम क्षमताको भर्सनमा मिडियाटेकले काम गरिरहेको डिजिटल च्याट स्टेसनले सुचना चुहाएको छ ।

कम क्षमताको डाइमेन्सिटी ११०० मा पनि १२०० मा रहेकै हार्डवेयर रहनेछ । तर कम क्लक स्पीडमा चल्नेछ । दुबै चिपमा ६ एनएम प्रोसेसरमा उपलब्ध हुनेछ ।

११०० ले चार कोर्टेक्स–ए७८ कोर प्रस्तुत गर्छ । जुन ४एक्स २.६ गिगाहर्जमा सूचीबद्ध छ । यो अहिलेसम्म स्पष्ट छैन ती सबै चार कोर्टेक्स एउटै गतिमा चल्छन् वा शीर्ष कोरको फ्रिक्वेन्सी छ ।

पावर इफिसेन्ट कोर्टेक्स–ए५५, २.५ गीगाहर्जमा रहन्छ । यो यसको राम्रो पक्ष हो । जीपीयूको सन्दर्भमा धेरै जानकारी बाहिरिएको छैन । सम्भवत माली–जी७७ जस्तै हाई इन्डको चिप हुनेछ । एजेन्सी

easy care

प्रकाशित: ५ माघ २०७७, सोमबार