अनलाईनबाट लाइसेन्सको आवेदन दिनेको लिखित र ट्रायल परीक्षाा सुचारु हुने

Technology Khabar २८ पुष २०७७, मंगलवार

अनलाईनबाट लाइसेन्सको आवेदन दिनेको लिखित र ट्रायल परीक्षाा सुचारु हुने

काठमाडौं ।

अनलाईन मार्फत सवारी चालक अनुमति पत्र (लाइसेन्स) को आवेदन दिएकाको लिखित र ट्रायल परीक्षा सुचारु भएको छ । परीक्षा स्थलमा ट्राफिक प्रहरीको उपस्थिति नहुँदा सोमबार अनलाईनबाट आवेदन दिनेले लिखित र ट्रायल परीक्षा दिन पाएका थिएन ।

ट्राफिक प्रहरी र यातायात कार्यालयबीच विवाद उत्पन्न हुँदा लाइसेन्सका लागि अनलाईन आवेदन दिएकाले सोमबार लिखित तथा ट्रायल परीक्षा दिन पाएका थिएन् ।

उक्त विवादका कारण परीक्षा स्थालमा ट्राफिक प्रहरीका प्रतिनिधिको उपस्थित थिएन ।

यसले गर्दा लिखित र ट्रायल परीक्षा दिन गएका सर्वसाधारण घन्टै लाईन बसेर रित्तै फर्किनु परेको थियो । लिखित र ट्रायल परीक्षाका लागि ट्राफिक प्रहरीको प्रतिनिधिको विषयमा सोमबार साँझ ट्राफिक प्रहरी र यातायात कार्यालयका प्रतिनिधिबीच छलफल भएको थियो ।

मंगलबारदेखि याथस्थितिमा स्थितिमा लिखित तथा ट्रायल परीक्षामा ट्राफिक प्रहरीका प्रतिनिधि उपस्थित गराउनेगरी सहमती भएको काठमाडौंको सानो भर्याङस्थित यातायात व्यवस्था कार्यालयका सूचना अधिकारी उपेन्द्र शाहले जानकारी दिए ।

सोमबार लिखित तथा ट्रायल परीक्षामा सहभागी हुन नसेको हकमा अर्को सूचना जारीगरी परीक्षाको व्यवस्था मिलाइने शाहले बताए ।

easy care

प्रकाशित: २८ पुष २०७७, मंगलवार