गूगल मिटमा अब ६० मिनेटसम्म मात्र निशुल्क भिडियो कन्फरेन्स गर्न सकिने

Technology Khabar १२ आश्विन २०७७, सोमबार

गूगल मिटमा अब ६० मिनेटसम्म मात्र निशुल्क भिडियो कन्फरेन्स गर्न सकिने

काठमाडौं ।

गूगलको भिडियो कन्फरेन्स सेवाको प्रयोग कोरोना भाइरस महामारीको बेला दोब्बर भयो। यसै बीच अब गूगल मिट प्लेटफर्म प्रयोग गर्ने प्रयोगकर्ताहरूका लागि निशुल्क असीमित भिडियो कलिंग सुविधा समाप्त हुने भएको छ ।

टेक कम्पनी गूगलको भिडियो च्याट प्लेटफर्म गूगल मिटले घोषणा गरेको छ कि सेप्टेम्बर ३० पछि गूगल मीटको निशुल्क संस्करण ६० मिनेटमा सीमित हुनेछ।

यसको मतलब सेप्टेम्बर ३० तारिखपछि तपाई ६० मिनेटको लागि मात्रै गूगल मीटिंगमा निशुल्क बैठक संचालन गर्न सक्नुहुनेछ। अक्टोबर १ देखि गूगल मिटको निशूल्क भर्सनमा अधिकतम १ घण्टा मात्रै मिटिङ गर्न सकिने भएको छ ।‍

गूगलका प्रवक्ताले दि भर्जलाई ईमेलमार्फत सो बारेमा जानकारी दिएका हुन् ।

गूगलले अप्रिलमा नै सेप्टेम्बर ३० सम्मका लागी प्रयोगकर्ताहरुलाई निःशुल्क अनलिमिटेड प्रयोग गर्न दिने जनाएको थियो । अहिले सम्म यूजर्सले गूगलमा एकाउन्ट बनाएर १०० जनासम्म अनलिमिटेड मिटिङ गर्न सक्दछन् ।

सेप्टेम्बर ३० पछि जी सुइट प्रयोगकर्ताले एडभान्स फिचर निःशुल्क रुपमा प्रयोग गर्न पनि पाउने छैनन् ।

दि भर्जद्वारा रिपोर्ट गरिएअनुसार, सेप्टेम्बर ३० को यो म्याद अन्य सुविधाहरूमा पनि लागू हुनेछ । उदाहरणको लागि जी सुईट एसेन्सियल, जसमा थप एडभान्स सुविधाहरू सहित, २५० जना भन्दा बढी व्यक्तिको साथ भिडियो कलिंग गर्न सकिन्छ ।

easy care

प्रकाशित: १२ आश्विन २०७७, सोमबार

ताजा समाचार

Digital and Intelligent Asia-Pacific Congress 2024 held in Bangkok

१९ बैशाख २०८१, बुधबार

Shenzhou-17 astronauts arrive in Beijing

१९ बैशाख २०८१, बुधबार

News Commentary: Time to reinforce efforts for digital transformation

१९ बैशाख २०८१, बुधबार