स्मार्टफोन ब्राण्ड ओपोले भारतीय बजारमा फाइनान्शियल एप ल्याउँदै, शाओमी र रियलमीलाई टक्कर

Technology Khabar १४ माघ २०७६, मंगलवार

स्मार्टफोन ब्राण्ड ओपोले भारतीय बजारमा फाइनान्शियल एप ल्याउँदै, शाओमी र रियलमीलाई टक्कर
ओप्पोको नेपालस्थित सर्भिस सेन्टर । फाइल तस्विर

काठमाडौं ।

काठमाडौं । गतवर्षको अन्त्यमा मोबाइल ब्रान्ड रियलमीले भारतीय प्रयोगकर्ताहरुको लागी फाइन्यानशियल सर्भीस सुविधा प्रदान गर्दै पेसा लाई लन्च गरेको थियो । त्यसपछि यसलाई शाओमीको एमआई क्रेडिटको प्रतिस्पर्धिको रुपमा हेरिएको थियो ।

शाओमी र रियलमी पछि अहिले ओपोले पनि आफ्नो फाइनान्शियल एपलाई भारतीय बजारमा ल्याउने भएको छ जसको नाम ‘ओपो कास’ Oppo Kash हुनेछ । यसले आफ्ना प्रतिस्पर्धिलाई टक्कर दिनुको साथै स्मार्टफोन प्रयोगकर्ताहरुलाई नयाँ फोन किन्नु पहिले पैसाको चिन्ता गर्नुपर्ने समस्याबाट पनि टाढा राख्ने बताईएको छ ।

प्राप्त भएको जानकारी अनुसार कम्पनीले ओपो कासमा काम गर्न सुरु गरिसकेको र चाँडै नै यसलाई भारतीय बजारमा रोलआउट गर्ने तयारीमा रहेको छ । महत्वपुर्ण कुरा ओपो यस सर्भिसलाई पहिले बीटा भर्जनमा ल्याउने छ र केहि समयपछि यो सर्भिस ओपोको सबै फोनका लागी सार्वजनिक गरिने छ । प्राप्त जानकारी अनुसार ओपो कास हाल टेस्टिंग स्टेजमा रहेको र यसलाई कुनैपनि रेन्जको स्मार्टफोनमा यो लेग–फ्री तथा बग–फ्री रन गर्न सक्ने बनाईँदै छ ।

ओपो कास को निर्माण पनि फिनसेलको अधिनमा गरिँदै छ । रोचक कुरा रियलमी पेसा पनि फिनसेल इन्डीयाद्धारा नियन्त्रण गरिन्छ । ओपो कास एपले ओपोको लो बजेट एन्ट्री लेभल स्मार्टफोन देखी हाईएन्ड फ्ल्यागशिप सबै स्मार्टफोनमा काम गर्नेछ । जानकारी अनुसार ओपो कास ब्रान्डको स्मार्टफोन मा प्रीलोडेड पनि दिन सक्ने छ । साथै यो प्ले स्टोरमा पनि उपलब्ध हुने छ ।

ओपो कास लाई रिजर्व बैंक अफ इन्डीयाद्धारा जारी गरिएको दिशानिर्देशन अनुसार बनाइएको छ । साथै यसमा युपीआई इन्टीग्रेडेड पनि हुनेछ । यद्पी युपीआईकJ प्रयोग कति ठुलो या सिमीत हुन्छ भन्ने कुरा ओपोकास बजारमा आएपछि मात्रै थाहा पाईने छ ।

ओपो कासको माध्यमबाट कम्पनीले ओपो स्मार्टफोनहरु ईएमआईमा सेलको लागी उपलब्ध गराउने छ साथै ओपो प्रयोगकर्ताहरु ओपो कासको माध्यमबाट आफ्ना स्मार्टफोन तथा अन्य प्रोडक्ट्सको लागी कम्पनीबाट फाइनान्स पनि गराउन सक्दछ ।

प्राप्त जानकारी अनुसार ओपो कासको माध्यमबाट कम्पनी अनलाईन वा अफलाइन दुबै प्लेटफर्ममा आफ्नो सर्भीस उपलब्ध गराउने छ ।

साना सहरहरुसम्म ओपो कासको पहुँच पुर्याउन कम्पनी रिटेलरहरुलाई यसबारे ट्रेनिंग दिनेछ । तर यसबारे कम्पनीले हालसम्म कुनै जानकारी उपलब्ध गराएको छैन । तरपनि वर्ष २०२० को पहिलो छ महिनामा कम्पनीले यस सेवालाई भारतमा उपलब्ध गराउन सक्ने अनुमान गरिएको छ । एजेन्सी

easy care

प्रकाशित: १४ माघ २०७६, मंगलवार