कतार एयरवेजले पाँचवटा बोइङ ७७७ कार्गो हवाईजहाज किन्ने सहमति

Technology Khabar ३० असार २०७६, सोमबार

कतार एयरवेजले पाँचवटा बोइङ ७७७ कार्गो हवाईजहाज किन्ने सहमति

काठमाडौं ।

काठमाडौं । कतार एयरवेज र बोइङ कम्पनीबीच पाँचवटा बोइङ ७७७ कार्गो हवाईजहाजको अर्डरका लागि अन्तिम सहमति भएको छ।

यसका लागि कतारका आमिर शेख तमिम बिन हमाद अल–थानी तथा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको उपस्थितिमा कतार एयरवेज ग्रुपका प्रमुख कार्यकारी अधिकारी अक्बर अल बकर र बोइङ कमर्शियल एयरप्लेन्सका अध्यक्ष केभिन मेकेलिस्टरबीच अमेरिकाको ह्वाइटहाउसमा आयोजित कार्यक्रममा हस्ताक्षर भएको छ।

कतार एयरवेज ग्रुपका प्रमुख कार्यकारी अधिकारी अक्बर अल बकरले पाँच बोइङ ७७७ कार्गो हवाईजहाजको अर्डरको लागि सहमति गर्नु खुशीको विषय भएको बताए। उनले यो सम्झौताले आगामी दिनमा कतार एयरवेजको कार्गो सेवालाई विश्वको नम्बर एक कार्गो सेवा बनाउन सहयोगी हुने बताए ।
बोइङ ७७७ हवाईजहाज अहिलेसम्मको सबैभन्दा लामो दूरीसम्म यात्रा गर्नसक्ने हवाईजहाज हो । यसले १०२ मेट्रिक टनसम्मको पेलोड लिन सक्दछ भने एक पटकमा ९ हजार किलोमिटरसम्मको यात्रा गर्न सक्दछ ।

easy care

प्रकाशित: ३० असार २०७६, सोमबार

ताजा समाचार

Digital and Intelligent Asia-Pacific Congress 2024 held in Bangkok

१९ बैशाख २०८१, बुधबार

Shenzhou-17 astronauts arrive in Beijing

१९ बैशाख २०८१, बुधबार

News Commentary: Time to reinforce efforts for digital transformation

१९ बैशाख २०८१, बुधबार