नेपाल क्लियरिङ्ग हाउसको अध्यक्षमा नरेश शाक्य चयन, निर्देशकमा कुशुम लामा नियुक्त

Technology Khabar ११ असार २०७६, बुधबार

नेपाल क्लियरिङ्ग हाउसको अध्यक्षमा नरेश शाक्य चयन, निर्देशकमा कुशुम लामा नियुक्त

काठमाडौं ।

काठमाडौं । नेपाल क्लियरिङ्ग हाउस लिमिटेडले आफ्नो १२८ औं संञ्चालक समितिको बैठकबाट नरेश शाक्यलाई सर्वसम्मत रुपमा अध्यक्ष पदमा चयन गरेको छ । शाक्य नेपाल राष्ट्र बैंकको बैंकिङ्ग अफिसमा कार्यकारी निर्देशकको रुपमा कार्यरत छन् ।

त्यसैगरी बोर्डले स्मार्ट च्वाईस टेक्नोलोजिज्की निर्देशक कुशुम लामालाई निर्देशकको रुपमा नियुक्त गरेको छ ।

नेपाल क्लियरिङ्ग हाउसको संञ्चालक समितिमा नेपाल राष्ट्र बैंकबाट एक जना, बाणिज्य बैंकबाट तीन जना, विकास बैंक, वित्तीय कम्पनी र स्मार्ट च्वाइस टेक्नोलोजिज्बाट एक–एक जना प्रतिनिधि रहेका छन् ।

एनसीएचएल नेपालमा राष्ट्रिय भुक्तानी प्रणालीहरु स्थापना गर्न नेपाल राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्थाहरू र स्मार्ट च्वाइस टेक्नोलोजिज् लिमिटेडद्वारा प्रवद्र्धित कम्पनी हो ।

यसको NCHL-ECC, NCHL-IPS / connectIPS e-Payment  प्रणाली सञ्चालनमा रहेका छन् । हालसम्म यसमा प्रत्यक्ष सदस्यको रुपमा ८० भन्दा बढि बैंक तथा वित्तिय संस्थाहरु रहेका छन् भने ११ भन्दा बढि संस्थाहरु अप्रत्यक्ष र टेक्निकल सदस्यका रुपमा आबद्घ रहेको कम्पनीले जनाएको छ ।

easy care

प्रकाशित: ११ असार २०७६, बुधबार