माइक्रोम्याक्सका को-फाउण्डरले इलेक्ट्रिक बाइक ल्याउँदै, आर्टिफिशियल इन्टेलिजेन्स आधारित

Technology Khabar ३२ जेष्ठ २०७६, शनिबार

माइक्रोम्याक्सका को-फाउण्डरले इलेक्ट्रिक बाइक ल्याउँदै, आर्टिफिशियल इन्टेलिजेन्स आधारित

काठमाडौं ।

काठमाडौं । स्मार्टफोनमा निकै नराम्रोसँग असफलता बेहोरेको भारतीय मोबाइल ब्राण्ड माइक्रोम्याक्सका को-फाउण्डर राहुल शर्माले नयाँ इलेक्ट्रिक बाईक यहि जून १८ तारिखमा लन्च गर्ने भएका छन् ।

यसअघि नै उनको नयाँ कम्पनी रिभोल्ट मोटर्सले आर्टिफिशियल इन्टेलिजेन्स (एआई) मा आधारित इलेक्ट्रिक मोटरसाइकल बनाउन लागेको समाचार आएको थियो । अब भने सो बाईक बजारमा सार्वजनिक हुने भएको छ ।

यस अघिका रिपोर्टहरुमा रिभोल्ट मोटर्सले बनाएको इलेक्ट्रिक बाइक १५६.८ किलोमीटरको रेन्जसम्म कुद्नसक्ने बताईएको छ । यसको अधिकतम स्पीड ८५ किलोमीटर प्रतिघण्टासम्म हुनेछ । यो कम्पनीले आफैंले चार्जिंग यूनिट समेत बनाउनेछ ।

इलेक्ट्रिक बाइक निर्माणका लागि कम्पनीमा उनले ४००देखि ५०० करोड भारु लगानी गरेका छन् ।

रिभोल्टले आफ्नो कम्पनीले बनाएको यो इलेक्ट्रिक बाइक भारतको पहिलो आर्टिफिशियल इन्टेलिजेन्समा आधारित बाइक भएको दाबी गरेको छ ।

कम्पनीले यो इलेक्ट्रिक बाइकमा लगभग २ वर्षदेखि काम गरिरहेको थियो । यो इलेक्ट्रिक बाइकको मार्फतबाट नेक्स्ट जेनेरेशन मोबिलिटी सोलुशनको माध्यमबाट क्लीन कम्प्यूट उपलब्ध गराउने कम्पनीको भनाई छ ।

रिभोल्ट इन्टेलिकर्पको प्लाट मानेसरमा रहेको छ जहाँबाट पहिलो चरणमा १.२० लाख भेहिकल उत्पादन गर्नेछ । सो प्लान्टको क्यापासिटी १.२० लाख छ र यो १ लाख स्क्वायर फीटमा फैलिएको छ ।

रिभोल्टले यो इलेक्ट्रिक बाइक बनाउनका लागि भारतको बैंगलोरमा रहेको स्टार्टअप एथर इनर्जीसँग सहकार्य गरेकोछ । एथर इनर्जीले आफ्नो दुईवटा इलेक्ट्रिक स्कूटर एथर ४५० र एथर ३४० बजारमा यसअघि नै ल्याईसकेको छ ।

रिभोल्ट मोटर्सद्धारा टीज गरिएको डिजाइन हेर्दा यो बाइक करिब करिब बजाज पल्सर तथा केटिएम ड्यूकको डिजाइनबाट प्रेरित भएर बनाएको जस्तो देखिन्छ ।

कम्पनीकाअनुसार यो पहिलो बाइक हुनेछ जसले स्मार्ट फिचरका साथै रेगुलर बाइकको जस्तो परफरमेन्स तथा कम्फर्ट दिनेछ । भारतमा एआरआईले पनि यो बाइकलाई सर्टिफाई गरिसकेको छ ।

यो बाइकको मूल्य कति हुने भन्ने अहिले स्पष्ट नभएपनि कम्पनीले निकै सस्तो मूल्यमा ल्याउने अनुमान गरिएको छ ।

यो इलेक्ट्रिक बाइक भारतीय बजारमा अनलाइन तथा अफलाइनमा बिक्री गरिनेछ ।

easy care

प्रकाशित: ३२ जेष्ठ २०७६, शनिबार