यामाहा बाईकको नयाँ शोरुम पोखराको लेखनाथ महानगरपालिकामा स्थापना

Technology Khabar ८ माघ २०७५, मंगलवार

यामाहा बाईकको नयाँ शोरुम पोखराको लेखनाथ महानगरपालिकामा स्थापना

काठमाडौं ।

पोखरा । नेपालका लागि यामाहा मोटरसाइकलको आधिकारिक विक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले सोमबारबाट पोखराको लेखनाथ महानगरपालिकामा यामाहाको नयाँ शोरुम संचालनमा ल्याएको छ ।

एमएडब्ल्यू इन्टरप्राइजेजले विश्वकर्मा अटो वर्कसको नयाँ शाखामार्फत यामाहा मोटरसाइकल तथा स्कुटरको विक्री वितरण थालेको हो । यस क्षेत्रमा बढ्दै गएको यामाहा मोटरसाइकल र स्कुटरप्रतिको क्रेजलाई मध्यनजर गरी नयाँ डिलरसिप सुरु गरिएको कम्पनीले जानकारी दिएको छ।

नयाँ शोरुमको उद्घाटन गण्डकी प्रदेशका ट्राफिक प्रहरी प्रमुख प्रहरी उपरीक्षक विरेन्द्र बस्याल र विश्वकर्मा अटो वर्कसका संस्थापक राम प्रसाद श्रेष्ठले संयुक्त रुपमा गरे ।

नयाँ शोरुमबाट ग्राहकले विश्वस्तरीय प्रविधिजडित यामाहाका लोकप्रिय मोटरसाइकल र स्कुटरहरुको एक्सचेन्ज र फाइनान्सको पनि सुविधा पाउने एमएडब्ल्यूले जनाएको छ ।

easy care

प्रकाशित: ८ माघ २०७५, मंगलवार