अब एटीएम मेशिनबाट पैसा होईन पिउने पानी आउँछ, एटीएम कार्ड प्रयोग गरेर पानी पिउन सकिने

Technology Khabar २५ आश्विन २०७५, बिहीबार

अब एटीएम मेशिनबाट पैसा होईन पिउने पानी आउँछ, एटीएम कार्ड प्रयोग गरेर पानी पिउन सकिने

काठमाडौं ।

काठमाडौं । काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डको सक्रियतामा नेपालमा पहिलो पटक ‘वाटर एटीएम’को नमुना सार्वजनिक गरिएको छ ।

बिहीबार आयोजना गरिएको वाटर एटीएमको नमुना सार्वजनिकीकरण कार्यक्रममा खानेपानी मन्त्री बिना मगरले एटीएमको निरीक्षण गरिन्। एटीएमबाट पानी झारेर उनले पानी पिएकी थिईन्।

यस्तो प्रविधि नेपालमै पहिलो पटक सार्वजनिक भएको बोर्डका कार्यकारी निर्देशक डा. संजीव विक्रम राणाले जानकारी दिए ।

ललितपुरको सैंबु, भैंसेपाटीस्थित बोर्डको परिसरमा वाटर एटीएमको नमुना प्रदर्शन गरिएको थियो । वाटर एटीएमलाई नेपालीमा ‘पँधेरो’ नामाकरण गरिएको छ । निश्चित थोरै पैसा तिरेपछि पानी पिउन पाईने अवधारणा स्वरुप वाटर एटीएमको सुरुवात गरिएको हो ।

सो एटीएमबाट २ सय मिलि लिटर र एक लिटर पानी झारेर पिउन पाईने व्यवस्था गरिएको छ । २ सय मिलिलिटर पानीको मूल्य दुई रुपैंया र एक लिटर पानीको मूल्य १० रुपैंया राखिएको छ । एटीएममा दुई रुपैंयाको क्वाईन हालेपछि पानी झर्ने व्यवस्था गरिएको छ भने छुट्टै एटीएम कार्ड प्रयोग गरेर पनि पानी पिउन पाईने व्यवस्था गरिएको छ ।

यस्तो खालको वाटर एटीएम पहिलो चरणमा ललितपुरको पाटन दरबार स्क्वायरमा राखिने र विस्तारै काठमाडौं उपत्यका भित्र विस्तार गर्दै लगिने बोर्डका कार्यकारी निर्देशक राणाले बताए। उनले काठमाडौं उपत्यकामा मान्छेको चाप बढी भएको ठाउँहरुमा पहिलो चरणमा वाटर एटीएम राख्दै लगिने जानकारी दिए ।

यो वर्षभित्र २० वटा वाटर एटीएम राखिने बोर्डको भनाई छ ।

easy care

प्रकाशित: २५ आश्विन २०७५, बिहीबार