आइएमई जनरल इन्स्योरेन्सले ल्यायो साइबर बीमालेख

Technology Khabar ७ मंसिर २०७४, बिहीबार

आइएमई जनरल इन्स्योरेन्सले ल्यायो साइबर बीमालेख

काठमाडौं ।

काठमाडौं, ७ मंसिर । एनबी ईन्सुरेन्स कम्पनी लिमिटेडले रिब्राण्डिङ्ग गर्दै आफ्नो नाम र लोगो परिवर्तन गरेको छ । कम्पनीले अबदेखि आइएमई जनरल इन्स्यारेन्स लिमिटेडको नाममा कारोबार गर्ने भएको हो ।

कम्पनीले विहिवार पत्रकार सम्मेलन गर्दै कम्पनीको नाम र लोगो परिवर्तन गरिएको जानकारी दिएको हो ।

ग्राहकहरुले मोबाइलमार्फत आफ्नो बीमा रकम भुक्तानी गर्न सक्नेछन्

विगत २० वर्षदेखि निर्जीवन बीमा कारोबार गर्दै आएको कम्पनीले रिब्राण्डिङ्ग गर्दै नयाँ पोलिसीहरु पनि जारी गर्ने जानकारी दिएको छ ।

त्यसैगरि कम्पनीले एक्सटेन्डेड वारेन्टी पोलिसी जारी गर्ने, साइवर पोलिसी जारी गर्ने, र बैंकएसुरेन्स पोलिसी जारी गर्ने भएको हो ।

कम्पनीले विशेषरुपमा मोबाइल इन्स्योरेन्स सुविधा दिने जानकारी दिएको छ । कम्पनीका अध्यक्ष ढकालकाअनुसार ग्राहकहरुले मोबाइलमार्फत आफ्नो बीमा रकम भुक्तानी गर्न सक्नेछन् । यसको लागि कम्पनीले आइएमई पे मार्फत भुक्तानीको सुविधा दिने उनले बताए ।

‘हामीले मोबाइलमार्फत भुक्तानी गर्नेगरी यस्तो योजना ल्याउन लागेका हौं, यसमा एप मार्फत वा आइएमई पेको प्लेटफर्ममार्फत भुक्तानी गर्न सकिनेछ,’ अध्यक्ष ढकालले भने ।

उनले भविश्यमा मोबाइल अपरेटरहरुसँगको सहकार्यमा यस्तो सेवा दिने योजनामा रहेको जानकारी दिए ।

साइबर सुरक्षाबाट बच्न र त्यसको घाटा पूर्ति गराउने उद्धेश्यका साथ साइबर पोलिसी पनि जारी गर्ने

यसका साथै कम्पनीले साइबर सुरक्षाबाट बच्न र त्यसको घाटा पूर्ति गराउने उद्धेश्यका साथ साइबर पोलिसी पनि जारी गर्ने भएको छ ।

‘यस्तो साइबर पोलिसी कम्पनीहरु वा व्यक्तिहरुले साइबर थ्रेटबाट बच्नका लागि उपयोग गर्न सक्नेछन्,’ उनले भने ।

यसैगरी कम्पनीले शेयरधनीहरुलाई ८५ प्रतिशत हकप्रद शेयर तथा ५ प्रतिशत बोनस शेयर बितरण गर्ने भएको छ ।

कम्पनीका अध्यक्ष ढकालले हालको ५४ करोडको चुक्ता पूँजीलाई बढाएर १ अर्ब पुर्याउन कम्पनीले ८५ प्रतिशत हकप्रद शेयर तथा ५ प्रतिशत बोनस शेयर दिने योजना बीमा समितिमा पेश गरेको जानकारी दिए ।

उनले २०७४ आश्विन मसान्तसम्मको कूल बीमा शुल्क आर्जन करिब २२ करोड रहेको र खुद मुनाफा २ करोड ५५ लाख हासिल गरेको जानकारी दिए ।

कम्पनीले २५ शाखा र १० सेवा काउण्टर सहित ३५ स्थानबाट सेवा प्रदान गरिरहेको छ भने थप १८ वटा शाखा तथा सम्पर्क कार्यालय खोल्न बीमा समितिबाट स्वीकृत प्राप्त गरी खोल्ने प्रक्रियामा रहेको जानकारी दिएको छ ।

चालु आ.ब.को बार्षिक प्रिमियम लक्ष्य १ अरब २० करोड मध्ये हालसम्म ३० करोड संकलन भई सकेको कम्पनीले जनाएको छ ।

easy care

प्रकाशित: ७ मंसिर २०७४, बिहीबार