मध्य भोटेकोशीले २ अर्ब ९४ अर्बको साधारण सेयर जारी गर्ने

Technology Khabar २२ बैशाख २०७४, शुक्रबार

मध्य भोटेकोशीले २ अर्ब ९४ अर्बको साधारण सेयर जारी गर्ने

काठमाडौं ।

काठमाडौं, २२ वैशाख । मध्य भोटेकोशी जलबिद्युत आयोजनाले २ अर्ब ९४ करोड रुपैंयाँ बराबरको साधारण सेयर जारी गर्ने भएको छ । यसका लागि कम्पनीले प्रभु क्यापिटल, सिभिल क्यापिटल, एस क्यापिटल, सिबिआईएल क्यापिटल, सानिमा क्यापिटल र लक्ष्मी क्यापिटललाई नियुक्त गरेको छ ।

कम्पनीले पहिलो चरणमा कर्मचारी संचयकोषका संचयकर्ता, संस्थापक सेयरधनी संस्थाका कर्मचारी र ऋणदाता संस्थाका कर्मचारीका लागि सेयर जारी गर्न लागेको हो । कम्पनीले उनीहरुका लागि क्रमशः १०० रुपैंयाँ प्रति कित्ताको दरले १ करोड १७ लाख , २१ लाख र ६ लाख कित्ता सेयर जारी गर्न लागेको हो ।

कम्पनीले दोस्रो चरणमा आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि ६० लाख कित्ता र, तेस्रो चरणमा सर्वसाधारण र कम्पनीका कर्मचारीका लागि ९० लाख कित्ता सेयर निष्काशन गर्नेछ ।

यस्तै संस्थापक सेयरधनी संस्थाका कर्मचारीका लागि ३.५ प्रतिशत अर्थात् २१ करोड रुपैयाँको २१ लाख कित्ता र ऋणदाता संस्थाका कर्मचारीका लागि एक करोड ६० लाख रुपैयाँ बराबरको सेयर निष्कासन गर्न लागेको हो ।

यसैगरी, दोस्रो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि १० प्रतिशत अर्थात् ६० करोड रुपैयाँको ६० लाख कित्ता सेयर तथा तेस्रो चरणमा सर्वसाधारण र कम्पनीका कर्मचारीका लागि पुँजीको १५ प्रतिशत अर्थात् ९० करोड रुपैयाँको ९० लाख कित्ता सेयर निष्कासन तथा बिक्री प्रबन्धक गर्न सम्झौता भएको कम्पनीले बताएको छ ।

सञ्चय कोषका सञ्चयकर्ता, नेपाल विद्युत् प्राधिकरणका कर्मचारी र कम्पनीका कर्मचारीका लागि भदौसम्म सेयर निष्कासन गरिने कम्पनीका प्रमुख कार्यकारी अधिकृत श्रीराम पाण्डेले बताए ।

easy care

प्रकाशित: २२ बैशाख २०७४, शुक्रबार