इन्टरनेट कम्पनी याहूलाई भेरिजोनले किन्यो, ५ विलियन डलरमा सहमति

Technology Khabar १० श्रावण २०७३, सोमबार

इन्टरनेट कम्पनी याहूलाई भेरिजोनले किन्यो, ५ विलियन डलरमा सहमति

काठमाडौं ।

काठमाडौं, १० साउन । भेरिजोनले सर्च इन्जिन कम्पनी याहूको वेब सम्पत्ति खरिद गर्ने भएको छ । याहूको बोर्डले भेरिजोनको प्रस्तावलाई पारित गरेपछि याहूको वेब सम्पत्ति खरिद गर्ने बाटो खुलेको हो ।

भेरिजोन कम्प्यूनिकेसन्स इंकले याहूको सम्पत्ति करिब ५ विलियन अमेरिकी डलरमा खरिद गर्ने बोलकबोल गरेको रोयटर्सले उल्लेख गरेको छ । भेरिजोनले याहू खरिद गरेको घोषणा औपचारिक रुपमा नै गर्नेछ । यसअघि ४.८ विलियन डलरमा खरिद हुने चर्चा चलेको थियो ।

याहू सन् १९९४ मा स्ट्याण्डफोर्डका स्नातकहरु जेरी यांग र डेभिड फिलोले शुरु गरेका थिए । शुरुवातमा जेरी एण्ड डेभिड गाइड टू दि वल्र्ड वाइड वेब भनेर शुरु गरेका थिए । कुनै समय याहू इन्टरनेटको क्षेत्रमा उच्च मूल्य भएको कम्पनी थियो । याहूले आफ्नो वृद्धिको समयमा इमेल सेवा, वेब होस्टिंग सेवा, भिडियो तथा रेडियो साइमलकास्टिंगको सेवा पनि उपलब्ध गराईरहेको थियो । सन् २००८ मा माइक्रोसफ्टले खरिद गर्न चाएपछि याहूले त्यसलाई अस्विकार गरेपछि कम्पनीलेको व्यवसाय कठिन हुँदै गएको हो । इन्टरनेटमा गूगलको बर्चश्वसँगै याहूको व्यवसाय पनि घट्दै गयो । त्यसैगरि बजारमा अन्य इन्टरनेट कम्पनीहरु आउनु र फेसबुक जस्ता सोसियल साइट आउनुले पनि याहूलाई समस्यामा पारेको हो ।

भेरिजोनले याहू खरिद गर्ने प्रकृया केहि महिनामा सकिने छ भने याहूले गएको फेब्रुअरीमा रणनीतिमा पुर्नविचार गर्ने घोषणासँग बिक्रीको चर्चा शुरु भएको थियो ।

याहूलाई खरिद गरेपछि भेरिजोनको एओएल इन्टरनेट व्यवसाय ह्वात्तै बढ्नेछ जून कम्पनीले गत वर्ष ४.४ विलियन डलरमा खरिद गरेको हो । यसको व्यवसायलाई याूहको विज्ञापन प्रविधि टूल्स, सर्च, मेल, म्यासेन्जर तथा रियल स्टेटसम्मको पहुँचले सहज पुर्याउनेछ ।

याहूलाई भेरिजोनले खरिद गरेपनि याहू जापानमा भने अहिलेका लगानीकर्ताहरुकै ३५.५ प्रतिशत शेयर हिस्सा रहनेछ । त्यस्तै चीनियाँ इ कमर्श कम्पनी अलिबाबा ग्रुप होल्डिंग लिमिटेडमा १५ प्रतिशत हिस्सा रहनेछ ।

एजेन्सीहरुको सहयोगमा

easy care

प्रकाशित: १० श्रावण २०७३, सोमबार

ताजा समाचार

Digital and Intelligent Asia-Pacific Congress 2024 held in Bangkok

१९ बैशाख २०८१, बुधबार

Shenzhou-17 astronauts arrive in Beijing

१९ बैशाख २०८१, बुधबार

News Commentary: Time to reinforce efforts for digital transformation

१९ बैशाख २०८१, बुधबार