सामसुंग ग्यालेक्सी नोट सेभेन अब एज भर्सनमा, दुबैतिरको स्क्रीन घुमाउरो हुने

Technology Khabar ३१ जेष्ठ २०७३, सोमबार

सामसुंग ग्यालेक्सी नोट सेभेन अब एज भर्सनमा, दुबैतिरको स्क्रीन घुमाउरो हुने

काठमाडौं ।

काठमाण्डौं, ३१ जेठ । सामसुंगले ल्याउन लागेको नयाँ नोट फोनको नम्बर ६ नभई ७ हुने समाचार यसअघि नै सार्वजनिक भईसकेको हो । आगामी ग्यालेक्सी नोट सेभेनको (Galaxy note 7) बारेमा हालै लीक भएको जानकारीअनुसार ग्यालेक्सी नोट सेभेन एज भर्सनमा (Edge version) आउने भएको छ ।

सामसुंगको नयाँ नोट फोन ग्यालेक्सी नोट सेभेनको दुबैतर्फ स्क्रीन घुमाउरो आकारको हुनेछ । अर्थात यो हेर्दा अहिले बजारमा रहेको सामसुंग ग्यालेक्सी एस सेभेन एज (Galaxy S7 Edge) जस्तै हुनेछ ।

लीक भएको तस्वीरमा यसको प्यानेलबाट चहकिलो प्रकाश आईरहेको छ र त्यसमा “राइट अन दि एज अफ समथिंग ग्रेट” Write on the edge of something great लेखिएको छ । यसबाट यो प्रस्ट हुन्छ की सामसुंगले ग्यालेक्सी नोट सेभेन एज सार्वजनिक गर्ने तयारी गरेको छ ।

यसअघि कम्पनीले नोट सिक्सको नाममा सार्वजनिक गर्ने भनिएको नयाँ नोट फोनलाई कम्पनीले आफ्ना ग्यालेक्सी सिरिजको एस सेभेन र एस सेभेन एजसँग जोडा मिलाउन नोट सेभेन नाममा ल्याउन लागेको हो ।Galaxy Note 7

सामसुंग ग्यालेक्सी नोट सेभेन एजमा ५.८ इन्चको डिस्प्ले हुनसक्नेछ, जुन कब्र्ड स्लीम आरजीबी एमोलेड डिस्प्ले हुनेछ । नोट सेभेनको डिस्प्लेको रिजोल्यूशन क्वाड एचडी हुनेछ ।

यो फोनमा क्वाड-कोर क्वालकम स्न्यापड्रयागन ८२३ चीपसेटका साथमा ६ जीबीको र्याम राखिनेछ । यसमा ४,००० एमएएचको ब्याट्री व्याकअपका साथमा यूएसबी टाइप सी चार्जिंग हुनेछ ।

यो फोन अहिलेको एस सेभेन तथा एस सेभेन एज जस्तै आईपी ६८ सर्टिफिकेटसहितको वाटर एण्ड डस्ट रेसिस्ट्यान्ट हुनेछ । त्यसैगरी यसमा १२ मेगापिक्सेलको रियर क्यामरा तथा ५ मेगापिक्सेलको फ्रन्ट क्यामरा हुनेछ भने यसमा अलवेज अन डिस्प्ले फीचर पनि हुने अपेक्षा गरिएको छ ।

सामसुंगले ग्यालेक्सी नोट सेभेन एज यहि अगस्टको पहिलो साता सार्वजनिक गर्ने अनुमान छ ।

माध्यम १ माध्यम २

easy care

प्रकाशित: ३१ जेष्ठ २०७३, सोमबार

ताजा समाचार