मोबाइल मेलामा ग्राहकहरुको भिड, तीनजनाले जिते स्मार्टफोन

Technology Khabar १० माघ २०७२, आईतवार

मोबाइल मेलामा ग्राहकहरुको भिड, तीनजनाले जिते स्मार्टफोन

काठमाडौं ।

काठमाडौं, १० माघ । ललितपुरको लगनखेलस्थित कर्मचारी संचय कोषमा रहेको ललितपुर मोबाइल कम्प्लेक्सले शुभारम्भको अवसर पारेर आयोजना गरेको मोबाईल मेलाको दोस्रो दिन ग्राहकहरुको निकै भिड देखिएको छ ।

मोबाइल मेलाका गरिएको हरेक दिनको लक्की ड्र अन्तरगत तीन जनाले स्मार्टफोन उपहार प्राप्त गरेका छन् । शनिवार निकालिएको लक्की ड्र अन्तरगतको भाग्यशाली विजेताहरुमा यायोमी राई, ललितपुर, रमेश बिष्ट, लोकन्थली, सुरेन्द्र राज गौली, गोरखाले प्राप्त गरेका छन् ।

भाग्यशाली बिजेतामध्येका एक यायोमी राई तथा सुरेन्द्र राज गौलीलाई आजै कम्प्लेक्सका संचालक जितेन्द्र महर्जनले उपहार प्रदान गरेको कम्पनीले जनाएको छ । संचालक महर्जनले कम्प्लेक्समा मेलाको अवसरमा आउने सबै ग्राहकहरु लक्की ड्रमा सहभागी हुन सक्ने भन्दै सूपथ मूल्यमा विभिन्न ब्राण्डका फोनहरु खरिद गरेर लाभ उठाउन सकिने बताए ।MobilesKhabar_01

मोबाइल मेलामा न्यूनतम ९ सयदेखि १ लाख २५ हजार रुपैंयासम्मको ब्राण्डेड मोबाइल फोनहरु उपलब्ध हुनेछ । मेलाको अवधिभर कुनैपनि मोबाइल खरिदमा ४० प्रतिशतसम्मको नगद छुट ग्राहकले प्राप्त गर्नेछन भने एसेसरिजमा ५५ प्रतिशतसम्मको छुट दिईनेछ । त्यसैगरी कुनैपनि मोबाइल तथा ग्याजेटस् सर्भिस गरेबापत सर्भिसमा २५ प्रतिशतसम्मको छुट उपलब्ध हुने कम्पनीले जनाएको छ ।

ललितपुर मलको दोस्रो तल्लामा कम्प्लेक्समा ४० भन्दा बढि मोबाइल शोरुम तथा आधिकारीक सर्भिस सेन्टर संचालनमा आईसकेका छन् । त्यस्तै कम्प्लेक्समा सबैभन्दा ठूलो मल्टिब्राण्ड मोबाइल शोरुम संचालन गरिएको छ, जहाँ एकै पटक ४ हजारदेखि ५ हजार ग्राहकले सुविधा प्राप्त गर्न सक्ने बताईएको छ ।

त्यसैगरी यो मेलामा आउने हरेकलाई निशुल्क प्रवेशको व्यवस्था गरिएको छ र उक्त कुपनबाट हरेक दिन लक्कि ड्र मार्फत तीन वटा स्मार्टफोन उपहार प्रदान गरिने कम्पनीको भनाई छ ।

मेलामा करिब ३ लाख भन्दा बढिले अवलोकन गर्ने अनुमान गरिएको छ । एक्स्पोको अन्तिम दिन मोबाइल अवलोकन तथा प्रवेशकर्ताहरु मध्येबाट १ जनालाई लक्कि ड्रको माध्यमबाट १ लाख रुपैंया बराबरको बम्पर उपहार प्रदान गरिने जनाएको छ ।

मोबाइल मेलामा सामसुंग, हुवावे, जियोनी, आईफोन, एचटिसी, माइक्रोसफ्ट फोनहरु, डिटिसी, लाभा, विनकम, फ्लाई, कलर्स, इन्टेक्स, माइक्रोम्याक्स, सोनी, एलजी, ब्ल्याकबेरी, कार्बन, पानासोनिक, केनजिण्डालगायत ब्राण्डका फोनहरु उपलब्ध छन् ।

Global Bank
easy care

प्रकाशित: १० माघ २०७२, आईतवार

ताजा समाचार