स्मार्टफोन बजारमा एन्ड्रोइडको ८५ प्रतिशत हिस्सा

Technology Khabar २१ श्रावण २०७१, बुधबार

स्मार्टफोन बजारमा एन्ड्रोइडको ८५ प्रतिशत हिस्सा

काठमाडौं ।

काठमाडौं, २१ साउन । चालू वर्षको दोस्रो साता त्रैमासिक अवधिमा एन्ड्रोइड अपरेटिङ्बाट चल्ने स्मार्टफोनले विश्वव्यापी बजारको ८५ प्रतिशत हिस्सा आफ्नो पकडमा पारेको हालै सार्वजनिक भएको नयाँ सर्वेक्षणले देखाएको छ ।

रणनितीक बिशलेषकहरुले गत वर्षको समान अवधिको तुलनामा यो वर्षको दोस्रोत्रैमासिक अवधिमा समग्र स्मार्टको बजार २७ प्रतिशतले बढेर २९ करोड ५० लाखपुगेको बताएका छन् । यो अवधिमा एप्पलको आइफोन बिक्रीमा वृद्धि भई ३ करोड ५० लाख पुगेको छ ।

तर, एप्पलको विश्वव्यापी बजार हिस्सा गत वर्षको १३.४ प्रतिशतले घटेर ११.९प्रतिशतमा सीमित भएको बुधबार सार्वजनिक गरिएको प्रतिवेदनमा उल्लेख गरिएको छ।

यो प्रविधिमा एन्ड्रोइड एक दौडको अवस्थामा रहेको स्ट्राटेजी एनालाइटिक्सका कार्यकारी निर्देशक नील मास्टनले बताएका छन् ।

यो सस्तो सेवा भएको तथा प्रयोगकर्तामैत्री सफ्टवेयर भएकाले हार्डवेयरनिर्माता,अपरेटर र विश्वव्यापी उपभोक्ताका लागि पनि आकर्षक भएको मास्टनले बताए ।

प्रतिद्धन्दी कम्पनी ओएसलाई स्मार्टफोनको बजारमा रहेको एन्ड्रोइडकोएकाधिकार तोड्नका लागि अझैपनि संघर्षपूर्ण रुपले केही गर्न आवश्यक रहेको उनले जानकारी दिए ।

गत वर्षको अवधिको तुलनामा यो वर्षको दोस्रो त्रैमासिक अवधिमा विन्डोज फोनको बिक्रीमा गिरावट आई ८० लाख थानामा सिमित रहेको उनले बताए । एजेन्सी

easy care

प्रकाशित: २१ श्रावण २०७१, बुधबार