सरकारी कार्यालयहरुको बेवसाइट डाटा लीक गर्दै ह्याकर, अन्य संस्थाहरुलाई चेतावनी दिँदै

Technology Khabar २ बैशाख २०७७, मंगलवार

सरकारी कार्यालयहरुको बेवसाइट डाटा लीक गर्दै ह्याकर, अन्य संस्थाहरुलाई चेतावनी दिँदै

काठमाडौं ।

पछिल्लो दिनमा भायनेट कम्यूनिकेशन्स प्रालिको डाटा लीक गरेर चर्चामा आएको एक ह्याकरले पुन विभिन्न सरकारी कार्यालयहरुको वेबसाइटको डाटाहरु लीक गरिदिएको छ ।

ट्विटरमा सातान (@satan_cyber_god) नामक ह्याकरले हालै नेपालका सरकारी कार्यालयहरुको यूजरनेम र पासवर्ड नै ह्याक गरेर सार्वजनिक गरिदिएको छ ।

ह्याकरले नेपालका आधिकारीक डोमेन रजिस्टरको जानकारी सार्वजनिक गर्दै ती डाटाहरु भने सुरक्षित भएको दाबी गरेको छ ।

सो ह्याकरले नेपालको डटएनपी डोमेन दर्ता गर्ने कम्पनी मर्कन्टायल अफिस अटोमेसनलाई चेतावनी दिँदै उनीहरुको सिस्टममा नै प्रवेश गरेको उल्लेख गरेको छ ।

त्यसैगरि सातान ह्याकरले ईकमर्श सर्भिस दराज डटकम डट एनपी, कान्तिपुर दैनिकको बेवसाइटको डाटाहरु समेत ह्याक गर्ने चेतावनी दिएको छ । ती कम्पनीका वेबसाइटहरु सुरक्षित बनाउन समेत सल्लाह दिएको छ।

त्यसैगरि नेपाल विद्युत प्राधिकरणको डाटाहरु समेत ह्याक गरिदिने चेतावनी ट्विटमार्फत दिएको छ ।

यसअघि सातान नामक सोहि ह्याकरले भायनेटका करिब १ लाख ७० हजार डाटाहरु लीक गरिदिएको थियो । ह्याकरले भायनेटका यूजरहरुको व्यक्तिगत बिबरणहरु लीक गरेको थियो ।

भायनेटले भन्यो- चोरी भएको डाटा वेबबाट हटाउन प्रहरीसँग सम्पर्क, आन्तरिक अनुसन्धान जारी

सोहि डाटा लीक गरिएका विभिन्न नम्बरहरुमा हाल अपरिचित विदेशी कल आउने गरेको भन्दै गुनासो बढेपछि नेपाल दूरसंचार प्राधिकरणले त्यसमा सेवाग्राहीहरुलाई सचेत गराएको छ ।

यो पनि हेर्नुस्-

दूरसंचार प्राधिकरणले भन्यो- विदेशी अपरिचित नम्बरबाट आउने फोन कलमा कल ब्याक नगर्नुस्

Global Bank
easy care

प्रकाशित: २ बैशाख २०७७, मंगलवार