भायनेटले भन्यो- चोरी भएको डाटा वेबबाट हटाउन प्रहरीसँग सम्पर्क, आन्तरिक अनुसन्धान जारी

Technology Khabar २६ चैत्र २०७६, बुधबार

भायनेटले भन्यो- चोरी भएको डाटा वेबबाट हटाउन प्रहरीसँग सम्पर्क, आन्तरिक अनुसन्धान जारी
Global IME Bank

काठमाडौं ।

इन्टरनेट सेवा प्रदायक कम्पनी भायनेटले आफ्ना ग्राहकहरुको डाटा ह्याक भएको जानकारी गराउँदै हाल प्राविधिक कमजोरीलाई समाधान गरिएको जानकारी दिएकोछ ।

कम्पनीकाअनुसार सो डाटा ह्याकमा ग्राहकरुहको नाम, ठेगाना, इमेल एड्रेस र फोन नम्बर लीक भएको स्वीकार गरेको छ । कम्पनीले ग्राहकहरुको सो जानकारी कम्पनीको सिस्टममा अनधिकृतरुपमा प्रवेश गरेर चोरीएको जानकारी गराएको छ ।

इन्टरनेट सेवा प्रदायक भायनेटका १ लाख ६० हजार ग्राहकहरुको डाटा लीक

 

भायनेटद्धारा जारी विज्ञप्तिकाअनुसार कम्पनीले हाल नेपाल प्रहरीको साइबर क्राईम ब्यूरोसँग समेत सम्पर्क गरिएको र डार्क वेबमा राखिएको डाटा हटाउने प्रकृया गर्न सम्बन्धित अधिकारीहरुलाई अनुरोध गरिएको छ ।

सो डाटा ह्याकिङ्ग प्रकरणमा कम्पनीले आन्तरिकरुपमा अनुसन्धान गरिरहेको र साइबर सेक्यूरिटी विज्ञहरु तथा ब्यूरोसँग समेत सहकार्य गरिएको जानकारी गराएकोछ ।

कम्पनीले सो विषयलाई छिटै समाधान गर्ने प्रयास गरिएको भन्दै आफ्ना ग्राहकहरुका लागि एडभाइजरी समेत जारी गरेको छ ।

कुनैपनि अनधिकृत नम्बरबाट आएको कल वा एसएमएस नलिन र भेरिफाईड नभएका संकास्पद ईमेलहरु नलिनका लागि समेत भनेको छ । त्यसैगरि कुनै व्यक्तिगत जानकारीहरु समेत त्यसमा नदिन ग्राहकहरुलाई अनुरोध गरिएको छ ।

‘यसका साथै कम्पनीले सो घट्नामा क्षमा माग्दै सो ह्याकिङ्ग प्रकरणको आधारसम्मै पुग्ने,’ कम्पनीका प्रबन्ध निर्देशक बिनय बोहराद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।

 

Sajilo Visa

प्रकाशित: २६ चैत्र २०७६, बुधबार

तपाइको प्रतिक्रिया

ताजा समाचार