दूरसंचार प्राधिकरणले भन्यो- भायनेट साइबर आक्रमणमा चोरिएको डाटा कसैले सार्वजनिक नगर्नुस्

Technology Khabar ३० चैत्र २०७६, आईतवार

दूरसंचार प्राधिकरणले भन्यो- भायनेट साइबर आक्रमणमा चोरिएको डाटा कसैले सार्वजनिक नगर्नुस्
Global IME Bank

काठमाडौं ।

नेपाल दूरसंंचार प्राधिकरणले गत साता भएको भायनेट ह्याकिङ्ग प्रकरणमा लीक भएका डाटाहरु सार्वजनिक नगर्न सबैसँग अनुरोध गरेको छ ।

प्राधिकरणले गत साता भायनेट कम्युनिकेशन्स प्रालिको ग्राहक प्रणालीमा साइबर आक्रमण्म गरी सेवाग्राहीको व्यक्तिगत बिबरण सार्वजनिक भएकोमा गंभिर ध्यानाकर्षण भएको जनाएको छ ।

भायनेटले प्रणालीको कमजोरीलाई हटाएको र इन्टरनेट सेवाग्राहीको बिबरण सुरक्षित गरिसकेको भन्दै प्राधिकरणले त्यस्तो ह्याक गरिएको डाटा कुनैपनि माध्यमबाट सार्वजनिक नगर्न चेतावनी दिएको हो ।

साइबर हमला गर्ने व्यक्तिको खोजी भईरहेको र त्यस्तो अनधिकृत डाटाहरु सार्वजनिक नगर्न भनेको हो ।

यसअघि गत साता भायनेटमा ह्याकरले साइबर एट्याक गरि करिब १ लाख ७० हजार डाटा लीक गरिदिएको थियो ।

इन्टरनेट सेवा प्रदायक भायनेटका १ लाख ६० हजार ग्राहकहरुको डाटा लीक

‘इन्टरनेट सेवाका ग्राहकहरुको विवरण कसैलाई अनधिकृत रुपमा प्राप्त हुन आएमा त्यस्तो विवरण कुनै पनि माध्यमबाट सार्वजनिक नगर्न र नगराउनु हुन र प्राधिकरणलाई त्यस्तो व्यक्तिको बारेमा तुरुन्त जानकारी गराउनुहुन यो सूचना प्रकाशित गरिएको छ। यो सुचनाको अवज्ञा गरी कसैले विवरण सार्वजनिक गरेको पाईएमा प्रचलित कानून बमोजिम कारवाही हुने व्यहोरा समेत सम्बन्धित सबैमा जानकारी गराइएको छ,’ प्राधिकरणको सूचनामा भनिएको छ ।

सो बारेमा प्राधिकरणका निर्देशक बिजय कुमार रोयले अनुसन्धान भईरहेको तथा कसरी र कसले आक्रमण गर्यो भन्ने छिटै पत्ता लाग्ने आशा व्यक्त गरे ।

‘हाम्रो तर्फबाट पनि छुट्टै अनुसन्धान टोली गठन गरिएको र डाटा लीकको बारेमा अध्ययन गरिरहेको छौं ।अरु कसैको व्यक्तिगत डाटा सार्वजनिक गर्नु हुँदैन भनेर सचेत गराईएको हो,’ निर्देशक रोयले भने ।

उता कम्पनीले यसअघि नै आफ्नो सिस्टममा अनधिकृतरुपमा प्रवेश गरेर डाटा चोरीएको बताएको थियो । कम्पनीका प्रबन्ध निर्देशक बिनय बोहराले सिस्टम सेक्यूरिटीको कमजोरी र जोखिमलाई हटाईएको र ह्याकिङ्गको बारेमा नेपाल प्रहरीसहित सम्बन्धित अधिकारीहरुसँग सम्पर्क गरिएको बताएका थिए ।

यो पनि हेर्नुस्-

भायनेटले भन्यो- चोरी भएको डाटा वेबबाट हटाउन प्रहरीसँग सम्पर्क, आन्तरिक अनुसन्धान जारी

Sajilo Visa

प्रकाशित: ३० चैत्र २०७६, आईतवार

तपाइको प्रतिक्रिया

ताजा समाचार