एमडिएमएस उपकरण सूचना प्रविधि केन्द्रमा तयारी अवस्थामा, साउन १ गतेदेखि अवैध मोबाइल बन्द

  • Technology Khabar | २९ असार २०७८, मंगलवार
एमडिएमएस उपकरण सूचना प्रविधि केन्द्रमा तयारी अवस्थामा, साउन १ गतेदेखि अवैध मोबाइल बन्द

काठमाडौं ।

नेपाल दूरसञ्चार प्राधिकरणले मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडिएमएस) सञ्चालनको तयारी पुरा भएको जानकारी दिएको छ।

गत जेठ १५ गते अर्थमन्त्री बिष्णुप्रसाद पौडेलले आगामी आवको बजेटमार्फत साउन १ गतेदेखि लागू गर्ने भनिएको एमडिएमएसको लागि तालिम आयोजना भईरहेको दूरसञ्चार क्षेत्रको नियामक निकाय प्राधिकरणले जानकारी दिएको हो।

प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले एमडिएमएस सिस्टम सञ्चालन गर्ने सबै काम सकिएको र कर्मचारीहरुलाई तालिम दिने काम भईरहेको जानकारी दिए । उनले एमडीएमएस सञ्चालनमा आएसँगै नेपालमा आउने अवैध मोबाइलहरुको प्रयोग बन्द हुने र सरकारको राजस्वमा समेत सहयोगी हुने बताए।

‘हामीले यसअघि नै सिस्टम परीक्षण गरिसकेका छौं र अहिले कर्मचारीहरुलाई तालिम दिने काम भईरहेको छ साउन १ देखि एमडिएमएस शुरु हुन्छ,’ अध्यक्ष खनालले टेक्नोलोजी खबरसँग भने, ‘अहिले नै सबै सिस्टम सञ्चाल हुने र मोबाइलहरु बन्द हुन्छन् भन्ने होईन् । नेपालमा हाल अपरेटरको सिस्टममा सञ्चालनमा रहेका मोबाइल बन्द हुँदैनन् तर पछि सबै अवैध मोबाइलहरुको प्रयोग रोकिनेछ,’

यसको लागि प्राधिकरणले राष्ट्रिय सूचना प्रविधि केन्द्रमा राखिएको आफ्नो सिस्टम उपकरणहरु सञ्चालनमा ल्याउनेछ। प्राधिकरणले गत वर्ष २०७७ भदौमा नै केन्द्रमा सिस्टमका उपकरणहरु ल्याएर राखेको थियो।

शुरुवातमा सोहि सिस्टममार्फत सबै डाटाहरु राख्ने र सिस्टम प्रयोगमा आउने छ भने त्यसपछि क्रमशः पूर्ण सिस्टम सञ्चालन हुनेछ।

एमडिएमएसको पहिलो लटको उपकरणहरु आईपुग्यो, सूचना प्रविधि केन्द्रबाट संचालन गर्ने तयारी

प्राधिकरणका सहहायक प्रवक्ता अच्युतानन्द मिश्रले हाल केन्द्रमा रहेको एमडिएमएसको सिस्टम सञ्चालनमा ल्याउने र त्यसैबाट काम गर्ने जानकारी दिए ।

‘हामीले यसअघि नै केन्द्रमा ब्याकअपको लागि भनेर एमडिएमएको पुरै डिभाइसहरु ल्याएर परीक्षण समेत गरीसकेका छौं, साउन १ गतेदेखि सञ्चालन गर्न तयार छौं,’ सहायक प्रवक्ता मिश्रले भने ।

प्राधिकरणले केन्द्रमा एमडिएमएसको लागि ल्याएको ब्याकअप डिभाइसहरु गत वर्ष नै भित्र्याएर जडान तथा परीक्षण समेत गरेको थियो । सोहि डिभाइसहरुलाई हाल पहिलो चरणमा प्रयोगमा ल्याईनेछ।

मिश्रकाअनुसार यो सिस्टम चरणबद्दरुपमा जाने हुँदा अन्य डिभाइसहरु समेत थप गर्दै जाने र पूर्णरुपमा सञ्चालनमा ल्याईनेछ।

उनकाअनुसार एकैपटक सबै दर्ता हुने र मोबाइलहरु बन्द हुने होईन् । र प्राधिकरणले क्रमशः अनधिकृत मोबाइलहरुको प्रयोगलाई बन्द गर्नेछ ।

अर्कोतर्फ केन्द्रका सहायक निर्देशक तथा सूचना अधिकृत रमेश पोखरेलले एमडिएमएसको सिस्टम प्राधिकरणले ल्याएर सफल परीक्षण समेत भईसकेको जानकारी दिए ।

‘एमडिएमएसको उपकरणहरु हामीले परीक्षण सञ्चालन समेत गरिसकेका छौं । उहाँहरुको अधिनमा भएको हुँदा त्यसभित्रको बारेमा हामीलाई थाहा हुँदैन् । उहाँहरुलाई एउटा र्याक पुरै दिएका छौं र सर्भर समेत छुट्टै राखिएको छ । सो सिस्टम चलाउन तयार छ,’ अधिकृत पोखरेलले भने ।

प्राधिकरणले यसअघि खुमलटारमा सरकारले दिने भनेको रेडियो नेपालको जग्गामा सिस्टम राख्ने तयारी गरेको थियो तर सो जग्गा सरकारले उपलब्ध गराउन नसकेपछि एमडिएमएसको काममा ढिलाई हुँदै आएको थियो ।

त्यसपछि प्राधिकरणले चाबहिलमा रहेको आफ्नै जग्गामा राख्ने तयारी गरेर हाल प्रिफ्याब भवन तयारीको क्रममा छ भने लकडाउनसँगै एमडिएमएसको फुल सिस्टम विदेशबाट भित्र्याउन नसकिएको जानकारी दिएको छ ।

चाबहिलमा रहेको भवन तयार भएसँगै सोहि स्थानबाट एमडिएमएसको उपकरणहरु राखेर पुरै सिस्टम सञ्चालन गर्ने प्राधिकरणको योजना छ।

यो पनि हेर्नुस्-

मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम राख्न चावहिलमा प्रिफ्याब भवन बनाईने, ४ करोडको बजेट

प्रकाशित: २९ असार २०७८, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...