एमडिएमएसको पहिलो लटको उपकरणहरु आईपुग्यो, सूचना प्रविधि केन्द्रबाट संचालन गर्ने तयारी

Technology Khabar २८ भाद्र २०७७, आईतवार

एमडिएमएसको पहिलो लटको उपकरणहरु आईपुग्यो, सूचना प्रविधि केन्द्रबाट संचालन गर्ने तयारी
Global IME Bank

काठमाडौं ।

नेपाल दूरसञ्चार प्राधिकरणले मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडिएमएस) को उपकरणहरु संचालन गर्ने तयारी गरेको छ।

प्राधिकरणले एमडिएमएसको सिस्टम राष्ट्रिय सूचना प्रविधि केन्द्रमा राखेर तत्काल सो सिस्टम संचालन गर्ने योजना लिएको हो। दूरसञ्चार प्राधिकरणले हालै प्रेस विज्ञप्ति जारी गरि केन्द्रबाट संचालन गर्ने तयारी भएको जानकारी दिएको छ।

प्राधिकरणले मोबाइल डिभाइस म्यानेजमेन्टको लागि आवश्यक पर्ने उपकरणहरु केन्द्रमा ल्याएको केन्द्रका सहायक निर्देशक तथा सूचना अधिकारी रमेश पोखरेलले बताए।

प्राधिकरणले पहिलो चरणमा ल्याएका सामाग्रीहरु केन्द्रबाट संचालन गर्ने योजना लिएको छ । जसअनुसार केन्द्रमा सिस्टम डिभाइसहरु इन्स्टल गर्ने प्रकृया रहेको छ ।

‘हामीलाई पत्र पनि पठाएको छ र डिभाइसहरु आउँदैछन्, यहि राखेर सेवा शुरु गर्ने भनिएको छ,’ पोखरेलले भने।

उनले हिजैदेखि काम शुरु भएको र कर्मचारीहरुले काम गरिरहेको जानकारी दिए।

‘बिज्ञ टोली नेपाल आउन नसकेको कारण यस परिस्थितिमा Remote Access को माध्यमबाट software upload गर्ने प्रयास भैरहेको र यस सम्बन्धी अन्तर्राष्ट्रिय विज्ञ नेपाल आउन सक्ने अवस्था भए पश्चात: उल्लेखित डिभाइस म्यानेजमेन्ट सिस्टम जडान गरी संचालनमा ल्याई मोवाइल सेटको आयात, बिक्रि वितरण तथा प्रयोगलाई थप प्रभावकारी तथा व्यवस्थित गर्न प्राधिकरण कटिबद्ध रहेको छ,’ प्रेस विज्ञप्तिमा उल्लेख छ ।

प्राधिकरणले सिस्टम जडानमा ढिलाई हुनुमा कोभिड-१९ को कारणले सो सिस्टम जडान र संचालन गर्ने विज्ञहरु आउन नसकेको बताएको छ ।

यसअघि सरकारले दिने भनिएको ललितपुर स्थित खुमलटारको जग्गामा राख्ने तयारी गरेकोमा सो जग्गा नपाईएको र हाल प्राधिकरणले चावहिल स्थित जग्गामा नै राख्ने निष्कर्ष निकाली प्रकृया अगाडि बढाएको छ ।

यो पनि हेर्नुस्-

एमडिएमएस संचालन गर्न पाईलै पिच्छे झमेला, एलसी खोलेपछि फेरी भन्सार शुल्क तिर्न समस्या

Sajilo Visa

प्रकाशित: २८ भाद्र २०७७, आईतवार

तपाइको प्रतिक्रिया