सीजी कम्युनिकेशन्स अब पब्लिक लिमिटेड कम्पनी, आउला त बजारमा सीजीको प्राथमिक शेयर ?

Technology Khabar १ चैत्र २०७७, आईतवार

सीजी कम्युनिकेशन्स अब पब्लिक लिमिटेड कम्पनी, आउला त बजारमा सीजीको प्राथमिक शेयर ?

काठमाडौं ।

चौधरी ग्रुपअन्तरगतको टेलिकम अपरेटर सीजी कम्युनिकेशन्स अब पब्लिक लिमिटेड कम्पनीको रुपमा रुपान्तरण भएको छ । सिजीले हालै आफूलाई पब्लिक कम्पनी बनाएको हो ।

यसअघि सीजी कम्युनिकेशन्स प्रालिको नाममा संचालनमा रहेको कम्पनी अब सीजी कम्युनिकेशन्स लिमिटेडको रुपमा परिवर्तन भएर संचालन हुनेछ ।

कम्पनीले यसको लागि कम्पनि रजिष्ट्रार कार्यालयबाट नाम परिवर्तन गराएको छ भने नेपाल दूरसञ्चार प्राधिकरणबाट समेत कम्पनीले आफ्नो नयाँ नाम स्वीकृत गराएको छ।

सिजीले केहि समयअघि मात्र प्राधिकरणबाट नेटवर्क सेवा प्रदायकको रुपमा नयाँ लाइसेन्स लिएको थियो ।

कम्पनीले आगामी दिनमा एनएसपीको काम गर्ने र विदेशबाट ब्याण्डविथ भित्र्याएर इन्टरनेट सेवा प्रदायक कम्पनीहरुलाई बिक्री गर्ने योजना समेत लिएको छ ।

सीजी टेलिकमलाई नेटवर्क सेवा प्रदायकको लाइसेन्स, इन्टरनेट ब्याण्डविथ आयात र बिक्री गर्न सक्ने

सीजीले पटक पटक जीएसएम मोबाइल सेवाको लाइसेन्स दिन माग गर्दै आएको छ तर कम्पनीले ग्रामीण दूरसञ्चार सेवाको अनुमतिपत्रअनुसार काम नगरेको भन्दै जीएसएमको लाइसेन्स पाएको छैन् ।

जसले गर्दा सरकारी निकायहरु र सीजीबिच बेला बेलामा विवाद समेत आउने गर्दछ ।

अब भने कम्पनीले आफूलाई पब्लिक कम्पनीको रुपमा लगेसँगै कम्पनी जीएसएम मोबाइल सेवाको लाइसेन्स लिने तयारी साथ आएको देखिन्छ । कम्पनीले आफ्नो प्रबन्धपत्र तथा नियमावलीमा समेत नाम संसोधन गरिसकेको छ ।

हाल सीजीसँग ग्रामीण दूरसञ्चार सेवाको लाइसेन्स तथा इन्टरनेट इमेल संचालन सेवाको अनुमति पत्र रहेको छ ।

कम्पनीले केहि दिनअघि मात्र आफूले तिर्नुपर्ने आगामी वर्षसहितको बाँकी बक्यौता रकम समेत भुक्तानी गरेको थियो ।

सीजी टेलिकमले आगामी वर्षको किस्ता रकम यसै वर्ष तिर्ने, अतिरिक्त दस्तुर छुट दिने प्राधिकरणको निर्णय

Global Bank
easy care

प्रकाशित: १ चैत्र २०७७, आईतवार

ताजा समाचार