सीजी टेलिकमले आगामी वर्षको किस्ता रकम यसै वर्ष तिर्ने, अतिरिक्त दस्तुर छुट दिने प्राधिकरणको निर्णय

Technology Khabar ३० माघ २०७७, शुक्रबार

सीजी टेलिकमले आगामी वर्षको किस्ता रकम यसै वर्ष तिर्ने, अतिरिक्त दस्तुर छुट दिने प्राधिकरणको निर्णय

काठमाडौं ।

-अनुज राज

नेपाल दूरसञ्चार प्राधिकरणले सीजी कम्यूनिकेशन्स प्रालि (सीजी टेलिकम) लाई आफ्नो बाँकी किस्ताबन्दी रकम पुरै चुक्ता गरेको खण्डमा अतिरिक्त दस्तुर नलिने निर्णय गरेको छ।

कम्पनीले हालै प्राधिकरणमा आफ्नो बाँकी आगामी वर्ष किस्ताबन्दीमा तिर्नुपर्ने रकम एकै पटक बुझाउने मनसाय व्यक्त गर्दै थप दस्तुर वा अतिरिक्त ब्याज लाग्ने/नलाग्ने बारेमा जानकारी माग गरेको थियो। कम्पनीले २०७७ माघ ९ गते पत्र पठाउँदै प्राधिकरणसँग सो जानकारी मागेको थियो ।

सोहि अनुसार प्राधिकरणको गत सोमबार बसेको बोर्ड बैठकले सीजी कम्यूनिकेशन प्रालिलाई बाँकी किस्ता अवधिको नियमानुसारको ब्याज रकम नलाग्ने निर्णय गरिएको प्राधिकरण स्रोतले जानकारी दिएको छ।

कम्पनीले यसअघि गत वर्षसम्म आफूले पाएको किस्ताबन्दीको सुबिधाअन्तरगत तेस्रो किस्ता रकम तिरिसकेको छ भने बाँकी चौथो किस्ता रकम यहि माघ ३० गते भित्र रकम तिनुपर्ने छ भने किस्ताबन्दीको सुबिधाअनुसार पाँचौं तथा अन्तिम किस्ता रकम २०७८ माघ मसान्तभित्र तिर्नुपर्ने हुन्छ।

सीजीको श्रृंखलाबद्ध ट्वीट, टेलिकम क्षेत्रमा एकाधिकार राख्न प्राधिकरण अध्यक्षले निर्णय गरिरहेको आरोप

तर कम्पनीले चौथो र पाँचौ किस्ता रकम एकैपटक तिर्न र माघ ३० गतेभित्रै बुझाउन तयार भएको हो ।

तर माघ ३० गते सार्वजनिक बिदा भएको र त्यसको भोलीपल्ट फागुन १ गते शनिवार परेको हुँदा कम्पनीले फागुन २ गतेभित्र किस्ताबन्दी बापतको रकम प्राधिकरणमा दाखिला गर्न सक्ने सुबिधा पाउने देखिएपनि कम्पनीले माघ २९ गते भित्रै रकम तिरेमा मात्र सो छुट पाउने छ ।

सोहिअनुसार प्राधिकरणले समेत आगामी वर्षको बाँकी किस्ता रकम यहि माघ ३० गतेभित्र बुझाएको खण्डमा २ प्रतिशत अतिरिक्त ब्याज रकम नलाग्ने निर्णय गरेको हो।

सो निर्णयको बारेमा प्राधिकरणले सीजीलाई समेत पत्रमार्फत जानकारी गराएको स्रोतले बताएको छ।

‘कम्पनीले अग्रिम रुपमा रकम तिर्दा राज्यलाई समेत रकम आउँछ र फाइदा हुन्छ । आगामी किस्ताबन्दीको रकम अग्रिम तिरेमा २ प्रतिशत ब्याज नलिने भनेको हो तर यो वर्षकोमा भने २ प्रतिशत जोडेर नै लिने हो,’ स्रोतले टेक्नोलोजीखबरलाई भन्यो, ‘संभवत हिजै रकम तिरेको हुनुपर्छ, बैंकमा जम्मा गरेको प्रमाण पछि प्राधिकरणमा बुझाउनुपर्छ। दिनगन्ति गर्दा समय नाघेमा नत्र फेरी थप अतिरिक्त दस्तुर रकम लाग्नेछ।’

सिजीलाई संचार मन्त्री बाँस्कोटाको जवाफ- ‘ढोकाबाट बाटो हुँदाहुँदै झ्यालबाट छिरेर हुँदैन्’

प्राधिकरणले यसबारेमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमार्फत सरकारलाई जानकारी दिईसकेको छ । यसअघिको किस्ताबन्दी रकम र ब्याज दस्तुर रकम समेत प्राधिकरणको सिफारिसमा नै मन्त्रिपरिषदले तोकेको थियो ।

यसअघि मन्त्रिपरिषदले सीजीलाई २०७४ माघ २२ गते निर्णय गरेर बाँकी तिर्नुपर्ने रकम २९ करोड २९ लाख २१ हजार ८८८ रुपैयाँ ५ वर्षे किस्ताबन्दीमा तिर्न सक्ने सुबिधा दिएको थियो। जसअनुसार कम्पनीले पहिलो किस्ता रकम २०७४ माघ मसान्तभित्रै तिरिसकेको थियो। पहिलो किस्तामा कम्पनीले ५ करोड ८५ लाख ८४ हजार ३७७।६० रुपैयाँ तिरेको थियो ।

दोस्रो किस्ता रकममा कम्पनीले ८ करोड ५९ लाख ७३ हजार २५४.४० रुपैयाँ प्राधिकरणमा दाखिला गरेको थियो भने गत वर्ष तेस्रो किस्ता रकम ७ करोड ९१ लाख २६ हजार ३५.२० रुपैयाँ बुझाएको थियो । यी सबै किस्ता रकममा अतिरिक्त २ प्रतिशत ब्याज दस्तुर जोडिएको छ ।

नेपालमा दूरसञ्चार सेवाको लाइसेन्स नपाएको सीजीले मोल्दोभामा निःशुल्क स्मार्टफोन र इन्टरनेट बाँड्दै

त्यस्तै चौथो किस्ता रकममा भने २ प्रतिशत दस्तुर सहित कम्पनीले ७ करोड  २२ लाख ७८ हजार ८१६ रुपैयाँ तिर्नुपर्नेछ भने पाँचौं तथा अन्तिम किस्ता बापत कम्पनीले ६ करोड ५४ लाख ३१ हजार ५९६.८० रुपैयाँ प्राधिकरणमा बुझाउनुपर्ने छ ।

अब भने सीजीले दुई किस्ताको रकम तिर्दा कुल १३ करोड ७७ लाख १० हजार ४१२.८० रुपैयाँ तिर्नुपर्नेमा कम्पनीले १३ करोड ८ लाख ६३ हजार १९३ रुपैयाँ मात्र तिर्दा पुग्नेछ ।

यसको अर्थ कम्पनीले आगामी वर्ष तिर्ने ६ करोड ५४ लाख ३१ हजार ५९६.८० रुपैयाँ यसै बर्ष अग्रिम तिरेको खण्डमा सीजी कम्युनिकेशन्स प्रालिले सरकारलाई २ प्रतिशत अतिरिक्त रकम अर्थात ६८ लाख ४७ हजार २१९.२० रुपैयाँ तिर्नुपर्ने छैन् ।

कम्पनीले आफूले तिर्नुपर्ने किस्ताबन्दीको रकम २९ करोड २९ लाख रुपैयाँमा २ प्रतिशत अतिरिक्त दस्तुरसहित कुल ३६ करोड १३ लाख ९४ हजार ८० रुपैयाँ तिर्नुपर्ने हुन्थ्यो । अब भने आगामी वर्षको अतिरिक्त दस्तुर तिर्नुनपर्ने अवस्थामा सो रकममा कम्पनीलाई ६८ लाख ४७ हजार २१९.२० रुपैयाँको बचत हुनेछ ।

यो पनि हेर्नुस्-

आफ्नो पुरानो स्मार्टफोनबाट नयाँ स्मार्टफोनमा सम्पर्कहरू यसरी ट्रान्सफर गर्नुहोस्

Global Bank
easy care

प्रकाशित: ३० माघ २०७७, शुक्रबार

ताजा समाचार