Technology Khabar १ फाल्गुन २०७६, बिहीबार
काठमाडौं ।
काठमाडौं । संचार तथा सूचना प्रविधि मन्त्री गोकुल प्रसाद बाँस्कोटाले सिजीलाई प्रकृयामा आउन अनुरोध गरेका छन् । सरकारको नियमित पत्रकार सम्मेलनमा बिहिबार बोल्दै मन्त्री बाँस्कोटाले सीजीलाई प्रकृया मिचेर आउँदा केहि नहुने भन्दै प्रकृयामा आउन अनुरोध गरेका हुन् ।
‘मैले उहाँहरुलाई धेरै केहि भन्नुछैन उहाँहरु प्रोसेसमा आउनुस्, प्रोसेस मिचेर आउनेकुरामा हाम्रो साथ हुँदैन्,’ मन्त्री बाँस्कोटाले भने ।
उनले कति तिर्नुपर्छ भन्ने विषय महत्व नराख्ने भन्दै सीजीले सबै तिरेको भनेको के हो भन्ने प्रश्न गरे।
‘मैले यसमा थप अध्ययन गर्ने भएको छु, उहाँहरुले लिमिटेड मोबिलिटीको तिरेको होला र अनुमतिपत्रमा त्यस्तो व्यवस्था थियोरे,’ उनले भने ।
सीजीले ४१ जिल्लामा काम गर्नुपर्नेमा कुन स्थानमा काम गरेको छ भन्दै काम गरिरहँदा अन्य प्रकृया पुरा गर्न सक्ने अवस्था भएको बताए । उनले शर्तबमोजिमको काम नगरेको आरोप समेत लगाए ।
‘प्रकृयाको लागि ढोकाबाट बाटो हुँदा हुँदै झ्यालबाट छिरेर पूर्व शर्तहरुलाई बाहिर राखेर मन्त्रीपरिषदमा गएर पहिलेको लाइसेन्स पाएपछिको नियम बदलेर राजपत्रमा सूचना प्रकाशित नभई त हुँदैन थियो,’ उनले स्पष्ट पारे ।
उनले आफू जुहारी खेल्न नचाहेको भन्दै इमान्दारिता हुनुपर्ने बताए । उनले सिजी भन्दा अगाडि एसटिएम किनेको र ५२४ स्थानमा काम गर्नुपर्ने भन्दै त्यसको रकमको बारेमा स्पष्ट पार्नुपर्ने बताए ।
१ करोड १८ लाख ६५ हजार डलर अनुदान दिएको भन्दै सीजीलाई भाग्यमानीको संज्ञा दिए। उनले भीस्याटको उपकरणहरु कहाँछन भन्दै तोकिए बमोजिमको पिसियो नबनेकोमा प्रश्न गर्दै त्यसको बारेमा अध्ययन गर्ने बताए ।
मन्त्री बाँस्कोटाले बार्सिलोनाको मेलामा सीजीको साक्षी पनि बसेको होईन र सम्झौता पनि गरेको होईन भन्दै, ‘जात्रामा भेटेर फ्याट्ट सिन्दूर हालेर अहिले नै मेरी श्रीमती भईस भनेको जस्तो हो र?’
प्रकाशित: १ फाल्गुन २०७६, बिहीबार