सीजी टेलिकमलाई नेटवर्क सेवा प्रदायकको लाइसेन्स, इन्टरनेट ब्याण्डविथ आयात र बिक्री गर्न सक्ने

Technology Khabar २१ फाल्गुन २०७७, शुक्रबार

सीजी टेलिकमलाई नेटवर्क सेवा प्रदायकको लाइसेन्स, इन्टरनेट ब्याण्डविथ आयात र बिक्री गर्न सक्ने
Classic Tech

चौधरी ग्रुपअन्तरगतको टेलिकम कम्पनीले हालै नेटवर्क सेवा प्रदायकको लाइसेन्स प्राप्त गरेको छ।

चौधरी समूहको सीजी टेलिकम्युनिकेशन्स प्रालिले नेपाल दूरसञ्चार प्राधिकरणबाट हालै नेटवर्क सेवा प्रदायकको अनुमतिपत्र प्राप्त गरेको हो।

यो अनुमति पत्र प्राप्त गरेसँगै कम्पनीको लागि बाहिर विदेशबाट इन्टरनेट ब्याण्डविथ नेपाल भित्र्याउने र इन्टरनेट सेवा प्रदायकहरुलाई बिक्री गर्ने बाटो खुला भएको छ ।

सीजीटेल भनेर चिनिने सो कम्पनीले हालै मात्र प्राधिकरणबाट नेटवर्क सेवा प्रदायकको अनुमतिपत्र प्राप्त गरेको हो ।

कम्पनीले २ करोड रुपैयाँको अधिकृत पूँजी देखाएको छ ।

यसअघि ग्रामीण दूरसञ्चार सेवाको अनुमतिपत्र प्राप्त गरेको तर मोबाइल सेवाको अनुमतिपत्र प्राप्त गर्न नसकेको कम्पनीले अहिले भने ब्याण्डविथको कारोबार गर्ने तयारी गरेको हो । सीजीले एसटिएम टेलिकम सञ्चार प्रालिलाई किनेसँगै ग्रामीण दूरसञ्चार सेवाको अनुमतिपत्र पाएको थियो।

केहि साता अघि मात्र कम्पनीले आउँदो वर्षसमेतको गरेर बाँकी बक्यौता रकम सबै चुक्ता गरेको थियो ।

सिजी टेलिकमले आगामी वर्षको किस्ता रकम यसै वर्ष तिर्ने, अतिरिक्त दस्तुर छुट दिने प्राधिकरणको निर्णय

विदेशबाट इन्टरनेट सेवाको ब्याण्डविथ आयात गर्न र इन्टरनेट सेवा प्रदायकहरुलाई स्वदेशमा बिक्री गर्नका लागि नेटवर्क सेवा प्रदायकको अनुमतिपत्र आवश्यक पर्दछ । सो अनुमतिपत्र लिएर दूरसञ्चार प्राधिकरणको स्वीकृतीमा ब्याण्डविथ विदेशी कम्पनीहरुसँग किनेर भित्र्याउन सकिनेछ ।

TK Viber

प्रकाशित: २१ फाल्गुन २०७७, शुक्रबार

Loading...