शिओमीले भारतमा एमआई ५ सार्वजनिक गर्यो, ३२ जीबी भर्सन मात्र उपलब्ध हुने

Technology Khabar १८ चैत्र २०७२, बिहीबार

शिओमीले भारतमा एमआई ५ सार्वजनिक गर्यो, ३२ जीबी भर्सन मात्र उपलब्ध हुने

काठमाडौं ।

काठमाडौं, १८ चैत । शिओमीले आफ्नो फ्ल्यागशिप एमआई ५ (Mi5) भारतीय बजारमा सार्वजनिक गरेको छ । शिओमीले निकै चर्चामा रहेको एमआई ५ आज चीनपछि भारतमा सार्वजनिक गरेको हो ।
शिओमीको यो स्मार्टफोन यसअघिको एमआई फोरको सक्सेसरको रुपमा आएको हो ।

यो फोन भारतीय बजारमा ३ जीबी र्याम भेरियन्टमा सार्वजनिक भएको छ भने केबल सिल्भर कलरमा मात्र भारतमा उपलब्ध हुनेछ ।

यो स्मार्टफोनको बिक्री यहि अप्रिल ६ तारिखदेखि कम्पनीको आधिकारिक वेबसाइटमा फ्ल्याश सेलको माध्यमबाट गर्नेछ ।Mi5 India

यो फोनमा स्न्यापड्रयागनको हेलियो ८२० चीपसेट प्रयोग गरिएको छ भने ३ जीबी र्याम रहेको छ । कम्पनीले भारतीय बजारमा केबल ३२ जीबी आन्तरिक स्टोरेजको एमआई ५ मात्र उपलब्ध गराउने छ, जबकी यसको ६४ जीबी तथा १२८ जीबी पनि उपलब्ध रहेको छ ।

यसको डिजाईन निकै आकर्षक र पातलो छ भने कम्पनीले यसमा थ्रीडी ग्लास प्रयोग गरिएको छ ।

एन्ड्रोयडको मार्शमाल्लोमा आधारित कस्टम अपरेटिंग सिस्टममा चल्ने यो स्मार्टफोनमा १६ मेगापिक्सेलको रियर क्यामरा तथा ४ मेगापिक्सेलको फ्रन्ट क्यामरा राखेको छ ।

५.५ इन्चको डिस्प्ले भएको एमआई ५ स्मार्टफोनमा क्वालकम क्विक चार्ज ३.० सपोर्ट छ भने यूएसबी टाइप सी प्रयोग गरिएको छ ।Mi5_1

शिओमीले भारतीय बजारमा यो स्मार्टफोनको मूल्य २४ हजार ९ सय ९९ भारु तोकेको छ भने यो फोनको ड्यामेज प्रोटेक्सनका लागि ४९९ भारु तिरेपछि अफिशियल साइटबाट एमआई प्रोटेक्सन स्कीम पनि उपलब्ध गराएको छ ।

माध्यम   स्रोत

easy care

प्रकाशित: १८ चैत्र २०७२, बिहीबार

ताजा समाचार