आईफोन एसईलाई शिओमीको नयाँ स्मार्टफोनले टक्कर दिने, ‘एम टू एसई’ फोन आउँदै

Technology Khabar १६ चैत्र २०७२, मंगलवार

आईफोन एसईलाई शिओमीको नयाँ स्मार्टफोनले टक्कर दिने, ‘एम टू एसई’ फोन आउँदै

काठमाडौं ।

काठमाडौं, १६ चैत । एप्पलले भर्खरै मात्र आफ्नो नयाँ फोनको रुपमा आईफोन एसई सार्वजनिक गरेको छ । एप्पलले मिड रेन्जको फोनको सिरिजमा ४ इन्च स्क्रीन भएको आईफोन सार्वजनिक गरेपछि मोबाइल संसारमा यसलाई पछ्याएर विभिन्न कम्पनीहरुले नयाँ फोन ल्याउने भएका छन् ।

एप्पलको आईफोन एसईलाई पछ्याउँदै चीनियाँ कम्पनी शिओमीले पनि नयाँ ४ इन्चको स्मार्टफोन ल्याउने तयारी गरेको छ । एप्पलले ४ इन्चको सूपर कम्प्याक्ट स्मार्टफोन ल्याएपछि यो श्रेणीमा एन्ड्रोयड भर्सनका विभिन्न फोनहरु आउने अनुमान गरिएको छ । यहि आधारमा शिओमीले पनि नयाँ फोन ल्याउन लागेको बताईएको छ ।

भर्खरै मात्र वेबोमा भएको एउटा ‘लीक’अनुसार चीनियाँ एप्पल पनि भनिने शिओमीले ४.३ इन्च डिस्प्लेसहितको स्मार्टफोन ल्याउन लागेको हो । यो फोन संभबत शिओमी एम टू एसई (Xiaomi M2 SE) को नामले आउनेछ भने यसका फीचरहरु पनि निकै शक्तिशाली हुनेछन् ।xiaomi-m2-se-smartphone

शिओमीको नयाँ डिभाइस स्न्यापड्रयागन ८२० चीपसेटमा आधारित हुनेछ भने यसमा ३ जीबीको र्याम तथा ३२ जीबीको स्टोरेज राखिनेछ । यो फोनको स्क्रीन ४.३ इन्चको ७२० पिक्सेल अर्थात एचडी डिस्प्ले हुनेछ । त्यस्तै यसमा १३ मेगापिक्सेलको सोनी आईम्याक्स२५८ रियर क्यामरा हुनेछ भने फिंगरप्रिन्ट सेन्सर प्रयोग गरिएको हुनेछ ।

शिओमीको नयाँ स्मार्टफोन हेर्दा भने कम्पनीले भर्खरै घोषणा गरेको शिओमी एमआई ५ फ्ल्यागशिप जस्तै देखिनेछ । यसमा २३५० एमएएचको ब्याट्रीका लागि क्विक चार्ज ३.० हुनेछ भने आईफोन एसईको साईजमा नै आउनेछ ।

शिओमीको एम टू एसई स्मार्टफोन यहि जुन महिनामा करिब १७९९ यूआन अर्थात २७६ अमेरिकी डलर मूल्यमा सार्वजनिक हुने अनुमान गरिएको छ ।

यो फोन कम्पनीले एप्पलको आईफोन एसईलाई टक्कर दिन बजारमा ल्याउन लागेको बताईए पनि यसले एप्पललाई ४ इन्च डिस्प्ले श्रेणीमा कस्तो प्रतिस्पर्धा दिन्छ त्यो हेर्न भने केहि समय कुर्नै पर्ने हुन्छ ।

माध्यम

easy care

प्रकाशित: १६ चैत्र २०७२, मंगलवार