शिओमीको ६५ इन्चको कर्भ्ड टेलिभिजन, २ जीबी र्याम सहितको टिभीमा फोर के भिडियो

Technology Khabar १० चैत्र २०७२, बुधबार

शिओमीको ६५ इन्चको कर्भ्ड टेलिभिजन, २ जीबी र्याम सहितको टिभीमा फोर के भिडियो

काठमाडौं ।

काठमाडौं, १० चैत । शिओमीले चीनमा ६५ इन्चको नयाँ टेलिभिजन सेट सार्वजनिक गरेको छ । यो टेलिभिजन सेट कुनै पुरानो सेट जस्तै नभई अत्याधुनिक प्रविधिसहितको रहेको छ ।

शिओमी (Xiaomi) ले चीनमा एक कार्यक्रमका बिच ६५ इन्चको सामसुंग टेक्नोलोजीसहितको कभ्र्ड टेलिभिजन सेट सार्वजनिक गरेको हो ।

नयाँ टेलिभिजन सेटमा फोर के (4K) प्लेब्याक सपोर्ट गर्दछ भने यो टेलिभिजन एन्ड्रोयड अपरेटिंग सिस्टममा आधारित रहेको छ । कम्पनीले सार्वजनिक गरेको नयाँ टेलिभिजन ‘एमआई टिभी थ्रीएस’ (Mi 3S) कर्भ हो ।Mi 65Inch TV

शिओमीले सार्वजनिक गरेको नयाँ स्मार्ट टेलिभिजन निकै पातलो रहेको छ, यसको मोटाई केबल ५.९ मिलिमिटर मात्र रहेको छ । यो टेलिभिजन मेटल बडिमा छ भने यसको रिजोल्यूशन ३,८४०x२,१६० पिक्सेल रहेको छ ।

सामसंगको प्रविधियुक्त स्क्रीन रहेको यो टेलिभिजनमा १७६ एंगलबाट हेर्न सकिन्छ ।

यो टेलिभिजन एन्ड्रोयडको एमस्टार ६ए९२८ चीपसेटमा आधारित रहेकोछ, जसमा कोर्टेक्स-ए१७ सीपीयू कोर छ भने माली-टी७६० एमपी४ जीपीयू राखिएको छ । नयाँ टेलिभिजनमा २ जीबीको र्याम राखिएको छ ।

नयाँ टेलिभिजनमा आन्तरिक स्टोरेज भने निकै कम छ, शाओमीको नयाँ टेलिभिजनमा ८ जीबीको स्टोरेज मात्र रहेको छ । तर यसमा यूएसबी ३.० पोर्टबाट बाहिरी ड्राईभ प्रयोग गर्न सकिन्छ भने यूएसबी २.० भर्सन पनि राखिएको छ । त्यसैगरी यसमा वाईफाई वा इथरनेटको माध्यमबाट कनेक्ट गर्न सकिन्छ ।

यो फोनमा कम्पनीले डल्बि तथा डिटिएस अडियो सिस्टम प्रयोग गरेको छ ।

यो टेलिभिजन चीनियाँ बजारमा ९,००० यूआन अर्थात १,३८५ अमेरिकी डलरमा उपलब्ध रहेको छ । तर चीनियाँ बजार भन्दा बाहिर यो टेलिभिजन कहिले उपलब्ध हुन्छ भन्ने कुनै जानकारी छैन् ।

शिओमीले ६५ इन्चका साथै ४३ इन्चको फ्ल्याट भर्सनको टिभी पनि सार्वजनिक गरेको छ । यो टिभी पनि एन्ड्रोयडमा नै आधारित छ भने यसको स्क्रीन एलजीको प्रविधिमा आधारित छ ।

कम्पनीले ४३ इन्चको टेलिभिजनको मूल्य १,८०० यूआन अर्थात २७७ अमेरिकी डलर तोकेको छ ।Xiaomi-Mi-TV-3S-43-inch

यी दुबै टेलिभिजन मार्च ३१ तारिखदेखि चीनियाँ बजारमा उपलब्ध हुनेछ ।

माध्यम  स्रोत

easy care

प्रकाशित: १० चैत्र २०७२, बुधबार