शिओमीको ७० इन्चको टिभीमा फोर के डिस्प्ले तथा २ जीबी र्याम

Technology Khabar १६ पुष २०७२, बिहीबार

शिओमीको ७० इन्चको टिभीमा फोर के डिस्प्ले तथा २ जीबी र्याम

काठमाडौं ।

काठमाण्डौं, १६ पुस । चीनियाँ कम्पनी शिओमीले (Xiaomi) टेलिभिजन क्षेत्रमा पनि आफ्नो पहुँच बिस्तार गर्ने उदेश्यका साथ ७० इन्चको नयाँ टेलिभिजन सार्वजनिक गरेको छ । कम्पनीले फोर के स्क्रीन भएको एमआई टिभी थ्री (Mi TV 3) लन्च गरेको हो ।

शिओमीको एमआई टिभी थ्रीमा फोर के डिस्प्ले राखिएको छ, जसको पिक्चर रिजोल्यूशन ३८४०X२१६० पिक्सेल रहेको छ । यो टेलिभिजनमा १७८ डिग्री भ्यूईंग एंगल रहेको छ । यो चीनियाँ कम्पनीहरुको टिभी लाइनअपमा हालसम्मको सबैभन्दा ठूलो स्क्रीन साइज भएको टेलिभिजन हो ।

यो टिभीमा १.४ गीगाहर्जको क्वाड कोर कोर्टेक्स ए१७ (Cortex A-17) प्रोसेसर राखिएको छ भने २ जीबीको र्याम रहेकोछ । ग्राफिक्सका लागि माली ७६० जीपीयू (Mali 760-GPU) रहेको छ भने ८ जीबीको आन्तरिक स्टोरेज रहेको छ । यसमा मेटल फ्रेम, मेटालिक बडी, फिनिशिंग तथा मेटल ब्याक प्लेट रहेको छ ।

एमआई टिभी थ्रीमा कनेक्टिभिटीका लागि वाईफाई, ब्लूटूथ, ४.१ एलई, एचडीएमआई २.० भर्सन, माइक्रो यूएसबी, यूएसबी ३.०, इथरनेट लगायतका अप्शन राखिएको छ ।

यो टेलिभिजनमा २.५ इन्चको फुल रेन्ज स्टेरियो स्पीकर्स पनि रहेको छ । यसले विभिन्न फम्र्याटको भिडियोहरु सपोर्ट गर्दछ ।

चीनमा मात्रै सार्वजनिक गरिएको यो एमआई टिभी थ्रीको मूल्य ९,९९९ यूआन अर्थात करिब १ लाख ७० हजार रुपैंया तोकिएको छ । यसअघि शिओमीले अक्टोबरमा एमआई टिभी थ्री ६० इन्चको भर्सन सार्वजनिक गरेको थियो, जसको मूल्य ४,९९९ यूआन तोकिएको थियो ।

easy care

प्रकाशित: १६ पुष २०७२, बिहीबार