अब रातो रंगमा आईफोन सेभेन, नयाँ संस्करण सेभेन ‘एस’ आउँदै

Technology Khabar २३ मंसिर २०७३, बिहीबार

अब रातो रंगमा आईफोन सेभेन, नयाँ संस्करण सेभेन ‘एस’ आउँदै

काठमाडौं ।

काठमाडौं, २३ मंसिर । एप्पलले आगामी वर्ष आइफोन सेभेन एस (iPhone 7s) सिरिज ल्याउने भएको छ, जसमा नयाँ कलर अप्सन पनि हुने रिपोर्ट बाहिर आएको छ ।

एप्पलले यहि सेप्टेम्बरमा सार्वजनिक गरेको आईफोन सेभेन तथा सेभेन प्लसको सक्सेसरको रुपमा ल्याउन लागेको आईफोन सेभेन एस (iPhone 7s) तथा सेभेन एस प्लस (7s Plus) नयाँ रंगको छनौटमा पनि उपलब्ध हुनेछ । म्याकोटाकाराको रिपोर्टअनुसार एप्पलले सेभेन एस सिरिजमा रेड कलरको केसिंगसहित फोन सार्वजनिक गर्नेछ । यसअघि नै एप्पलले आईफोन सेभेन सिरिजमा ब्ल्याक, जेट ब्ल्याक, सिल्भर, गोल्ड तथा रोज गोल्ड अप्सन उपलब्ध छ ।

म्याकोटाकाराले यसअघि पनि एप्पलको उत्पादनहरुको बारेमा गरेको रिपोर्ट सहि ठहर भएको थियो । कम्पनीले आईफोन सेभेन सिरिज आउनुभन्दा अघि नै हेडफोन ज्याक हटाउने भन्ने रिपोर्ट सार्वजनिक गरेको थियो ।

यसअघि नै केजीआईले पनि एप्पलले सन् २०१७ मा नयाँ तीन वटा आईफोन सार्वजनिक गर्ने उल्लेख गरिसकेको छ । जसमध्ये ओएलईडी डिस्प्ले तथा फिजिकल होम बटन नभएको आईफोन ८ का साथै आइफोन सेभेन सिरिजको अपडेट हुने अड्कल गरिएको छ ।

नयाँ रिपोर्टलाई आधार मान्ने हो भने एप्पलले आईफोन ८ आगामी वर्ष नल्याउने भएको छ र सेभेन सिरिजलाई मात्रै अपडेट गर्नेछ ।

रिपोर्टअनुसार आइफोन सेभेन एस सिरिजमा कुनै नयाँ डिजाइन हुनेछैन् तर यसमा नयाँ चिपसेट ए ११ प्रयोग हुनेछ ।

स्रोत माध्यम

Global Bank
easy care

प्रकाशित: २३ मंसिर २०७३, बिहीबार

ताजा समाचार