सामसंग ‘ग्यालेक्सी एस ८’ मा ६ जीबी र्याम तथा २५६ जीबी स्टोरेज हुनसक्ने

Technology Khabar १३ मंसिर २०७३, सोमबार

सामसंग ‘ग्यालेक्सी एस ८’ मा ६ जीबी र्याम तथा २५६ जीबी स्टोरेज हुनसक्ने

काठमाडौं ।

काठमाडौं, १३ मंसीर । सामसंगको नयाँ आउने फ्ल्यागशिप स्मार्टफोन ग्यालेक्सी एस ८ (Galaxy S8) को बारेमा विभिन्न रिपोर्टहरु आईनै रहेका छन् । यो फोन यसअघिको भन्दा पूर्ण नयाँ डिजाइनमा आउने अपेक्षा गरिएको छ ।

सामसंगले ग्यालेक्सी एस ८ लाई अल-स्क्रीन (All Screen) फोनको रुपमा ल्याउन लागेको अनुमान गरएको छ, जून आगामी वर्ष आउने आइफोन ८ (iPhone 8) मा पनि एप्पलले त्यस्तै डिजाइन गर्ने संभावना छ ।

galaxy-s7-edge
ग्यालेक्सी एस सेभेन एज

सामसंगको नयाँ फ्ल्यागशिपमा फिजिकल होम बटन नहुने र यो दुईवटा साइजमा आउने अपेक्षा गरिएको छ । यसमध्ये पहिलो फ्याबलेट भर्सन हुनेछ जसमा दुईवटा रियर क्यामरा हुनेछ भने प्रेसर सेन्सेटिभ डिस्प्लेसहित आउने अनुमान गरिएको छ ।

यसैबिच हालै आएको नयाँ रिपोर्टअनुसार ग्यालेक्सी एस एटमा ६ जीबीको र्याम तथा २५६ जीबीको आन्तरिक स्टोरेज हुनेछ । तर यसको स्टोरेज स्ट्याण्डर्ड साइज हो वा आन्तरिक स्टोरेज विकल्पको रुपमा आउने भन्ने उल्लेख छैन् ।

यसअघि नै सामसंगले ग्यालेक्सी नोट सेभेनमा (Galaxy Note 7) ६ जीबीको र्याम राख्ने अनुमान गरेपनि त्यो ग्यालेक्सी एस सेभेनकै (Galaxy S7) विशेषताहरु सहित आएको थियो ।

सामसंगको नयाँ फ्ल्यागशिप स्लिक डिजाइनसहित आउनेछ भने यसमा सुधार गरिएको क्यामरा हुने सामसंगले उल्लेख गरीसकेको छ । त्यसैगरी यसमा फिंगरप्रिन्ट स्क्यानर स्क्रीन भित्र हुनेछ भने ड्यूल क्यामरा सेटअप तथा प्रेसर सेन्सेटिभ डिस्प्ले हुने अनुमान छ ।

माध्यम १ माध्यम २

easy care

प्रकाशित: १३ मंसिर २०७३, सोमबार