आइफोन सेभेन र सेभेन प्लस, तिन दिनमा १,८३० यूनिट बढि बिक्री

Technology Khabar ८ मंसिर २०७३, बुधबार

आइफोन सेभेन र सेभेन प्लस, तिन दिनमा १,८३० यूनिट बढि बिक्री

काठमाडौं ।

काठमाडौं, ८ मंसिर ।  एप्पलको नेपालका लागि आधिकारिक बितरक जेनेरेसन नेक्स्ट कम्यूनिकेसन्सले एप्पल आइफोन सेभेन (Apple iPhone 7) सिरिज १,८३० यूनिट बिक्री गरेको छ ।

कम्पनीले नेपाली बजारमा  आइफोन सेभेन (iPhone 7) र आइफोन सेभेन प्लस iPhone 7 Plus) सार्वजनिक गरेको ३ दिनभित्रमा नै १८३० यूनिट बिक्री गरेको जानकारी दिएको छ ।

“हामीले यसअघि नै ३ दिनमा करिब १८३० यूनिट बिक्री गरिसकेका छौं र अझै थुप्रै माग प्राप्त गरिरहेका छौं भने अत्यधिक सोधपुछ पनि भएको छ । हामी बजारमा आएको सकारात्मक प्रतिक्रियाहरुबाट केहि उत्साहित भएका छौं,” जेननेक्स्टका प्रवक्ताले भने ।

आइफोन हाल इभो स्टोर, फ्यूचर वल्र्ड, ओलिज स्टोर, सोनु मोबाइल, एपेक्स डिजिटल बाट खरिद गर्न सकिने कम्पनीले जनाएको छ ।

कम्पनीले आइफोन खरिद गरेपछि सक्कली वा नक्कली हो भनेर जाँच्नको लागि पनि ग्राहकसँग आग्रह गरेको छ ।

Global Bank
easy care

प्रकाशित: ८ मंसिर २०७३, बुधबार

ताजा समाचार