आईफोन सेभेन तथा प्लस शुक्रबारदेखि नेपालमा, १,००० आईफोनकाे प्रि-बुकिंग

Technology Khabar २९ कार्तिक २०७३, सोमबार

आईफोन सेभेन तथा प्लस शुक्रबारदेखि नेपालमा, १,००० आईफोनकाे प्रि-बुकिंग

काठमाडौं ।

काठमाडौं, २९ कात्तिक । एप्पलले यहि सेप्टेम्बरमा सार्वजनिक गरेको आईफोन सेभेन ढिला गरि नेपाली बजारमा उपलब्ध भएको छ । नेपालका लागि आईफोनको आधिकारिक आयातकर्ता तथा बितरक जेनेरेशन नेक्स्ट कम्प्यूनिकेसन प्रालीले यहि शुक्रबारदेखि आईफोन सेभेन (iPhone 7) तथा सेभेन प्लस (iPhone 7 Plus) किन्न सकिने जनाएको छ ।

कम्पनीकाअनुसार नेपाली बजारमा आईफोन सेभेन तथा सेभेन प्लसको सबै संस्करणहरु उपलब्ध हुनेछन् । कम्पनीका प्रबन्ध निर्देशक पवन भिमसरीयाले प्रि बुकिंग शुरु भईसकेको र यहि शुक्रबारदेखि आईफोन सेभेन सिरिज उपलब्ध हुने जानकारी दिए । “हामीले ढिलै भएपनि आईफोन नेपाली बजारमा ल्याएका छौं,” उनले भने, “अहिलेसम्म करिब १,००० वटा आईफोन बुकिंग भईसकेको छ ।”

बजारमा आईफोन ३२ जीबी, १२८ जीबी र २५६ जीबी आन्तरिक स्टोरेजमा उपलब्ध हुनेछ भने विभिन्न पाँच वटा कलर अप्सनमा किन्न सकिनेछ । विश्व बजारमा सबैभन्दा बढि रुचाईएको जेट ब्ल्याकदेखि रोजगोल्ड सम्मका कलर अप्सन रहेका छन् । हाल नेपाली बजारमा ब्ल्याक, जेट ब्ल्याक, सिल्भर, रोज गोल्ड र गोल्ड गरि पाँच कलरमा उपलब्ध हुनेछ ।apple-iphone-7

नेपाली बजारमा हाल अवैधरुपमा आएका आईफोनहरुले अधिक मूल्यमा बिक्री गरिरहेको प्रबन्ध निर्देशक भिमसरीयाले आरोप लगाए । उनले भने, “अहिले ग्राहकहरुसँग अवैधरुपमा आएका फोनहरु ४० देखि ५० हजार रुपैंयासम्म धैरै मूल्यमा खरिद गरेर ग्राहक ठगिईरहेका छन् ।” उनले अवैधरुपमा आएका आईफोनले गर्दा राजस्व र व्यापार दुबैमा असर गरेको दाबी गरे ।

कम्पनीकाअनुसार आईफोन सेभेन र सेभेन प्लसको निकै राम्रो माग आएको छ । आईफोन सेभेन सिरिज हाल इभो स्टोर फ्यूचर वल्र्ड, सोनु मोबाइल, एपेक्स डिजिटल तथा ओलिज स्टोरलगायतमा उपलब्ध हुने कम्पनीले जनाएको छ ।

यस्तो छ मूल्य

आईफोनको नेपाली बजारमा सबैभन्दा न्यूनतम मूल्य रु. ९१,०००/- तथा अधिकतम मूल्य रु. १,३६,०००/- रहेको छ ।

आईफोन सेभेन ३२ जीबीको मूल्य रु.९१,०००/-, आईफोन सेभेन १२८ जीबीको मूल्य रु.१,०५,५००/-, आईफोन सेभेन २५६ जीबीको मूल्य रु.१,१९,५००/-, तोकेको छ ।

त्यसैगरी आईफोन सेभेन प्लस ३२ जीबीको मूल्य रु.१,०८,०००/-, आईफोन सेभेन प्लस १२८ जीबीको मूल्य रु.१,२२,५००/-, आईफोन सेभेन प्लस २५६ जीबीको मूल्य रु.१,३६,०००/- तोकेको छ ।

कम्पनीले यो मूल्यमा १ वर्षको रिप्लेसमेन्ट वारेन्टी तथा सफ्टवेयरमा एक वर्षको नेपाल वारेन्टी दिने जानकारी दिएको छ ।

याे पनि हेर्नुहाेस् –

एप्पलको आईफोन सेभेन तथा सेभेन प्लस सार्वजनिक, नयाँ एप्पल वाच पनि घोषणा

easy care

प्रकाशित: २९ कार्तिक २०७३, सोमबार

ताजा समाचार