यी हुन् नेपाल टेलिकमको प्रबन्ध निर्देशकको दौडमा रहेका उम्मेदवारहरु, कस्ले मार्ला बाजी ?

Technology Khabar १७ चैत्र २०७८, बिहीबार

यी हुन् नेपाल टेलिकमको प्रबन्ध निर्देशकको दौडमा रहेका उम्मेदवारहरु, कस्ले मार्ला बाजी ?
नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) को भद्रकाली प्लाजामा रहेको मुख्यालय। फाइल तस्बिर

काठमाडौं ।

नेपाल टेलिकमको प्रबन्ध निर्देशक नियुक्ति प्रक्रियाको विरुद्धको मुद्दामा सर्वोच्च अदालतले बुधबार रिट खारेजीको फैसला सुनाएसँगै आज बिहिबारदेखि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले रोकिएको छनोट प्रक्रिया शुरु गरेको छ।

मन्त्रालयले आजै सूचना प्रकाशित गरेर सरकारी टेलिकम कम्पनी नेपाल दूरसञ्चार कम्पनि लिमिटेड (नेपाल टेलिकम) प्रबन्ध निर्देशकको दौडमा रहेका व्यक्तिहरुको नाम सार्वजनिक गरेको हो। मन्त्रालयका सचिव डा. बैकुण्ठ अर्यालको संयोजकत्वमा गठित छनोट तथा सिफारिस समितिमा प्राप्त आवेदनहरुको आधारमा सूची सार्वजनिक गरेको हो।

मन्त्रालयले २०७८ मंसिर २२ गते माग गरेको दरखास्त सूचनाअनुसार  प्रबन्ध निर्देशक पदमा दरखास्त दिएका नौजना उम्मेदवारहरुको सूची बिहीबार सार्वजनिक गरेको हो।

सूचीअनुसार प्रतिस्पर्धाको उम्मेदवारहरुमा अर्जुन बाबु ढकाल, अमलेन्दु नारायण सिंह, दीपक बहादुर शाही, नगेन्द्र कुमार दास, प्रदीप राज उपाध्याय, बुद्धि प्रसाद आचार्य, सुनिल पौडेल, सुरज सिंह थापा र संगीता पहाडी अर्याल छन्।

नयाँ प्रबन्ध निर्देशकका लागि आवेदन दिनेमा आचार्य नेपाल टेलिकमकै पूर्व एमडी हुन्। यसका साथै टेलिकमको वर्तमान प्रमुख व्यावसायिक अधिकृत संगीता पहाडी पनि एमडीको दौडमा छिन्। भने सुरज थापा पनि टेलिकमका ना.प्र.नि. प्रशासन ११ औं तहमा कार्यरत अधिकारी हुन्।

यसका साथै प्रबन्ध निर्देशकको दौडमा खानेपानी संस्थानका पूर्वमहानिर्देशक एवंम इन्जिनियर अर्जुनबाबु ढकाल र राष्ट्रिय सूचना प्रविधि केन्द्रका कार्यकारी निर्देशक सुनिल पौडेल पनि छन्।

टेलिकमका पूर्व कर्मचारी प्रदीपराज उपाध्याय र  नगेन्द्र कुमार दास एमडी बन्नेहरुको सूचीमा छन् भने टेलिकमको वीरगन्ज क्षेत्रीय निर्देशनालयका पूर्वनिर्देशक अमलेन्दु नारायण सिंह समेत प्रतिस्पर्धामा रहेका छन्।

चना प्रविधि केन्द्रका पौडेललाई टेलिकमको प्रबन्ध निर्देशक बनाउनका लागि दरखास्तको मापदण्ड परिवर्तन गरिएको भन्दै नियुक्ति प्रक्रिया नै विवादित भएको छ र सोही विषयका कारण नियुक्ति प्रक्रिया अदालतमा पुगेको थियो।

सूचीमा परेका  र छनोट भएका उम्मेदवारहरुको व्यावसायिक कार्ययोजनाको प्रस्तुतीकरण र अन्तर्वाताको मिति, समय लगायतका जानकारी पछि सार्वजनिक गर्ने मन्त्रायलले जनाएको छ।

ntc vacancy

यो पनि हेर्नुस्-

टेलिकमको नयाँ प्रबन्ध निर्देशक नियुक्ति प्रक्रिया विरुद्धको रिट खारेज, नियुक्तिको बाटो खुल्यो

Sajilo Visa

प्रकाशित: १७ चैत्र २०७८, बिहीबार

तपाइको प्रतिक्रिया