
काठमाडौं ।
सीजी टेलिकम्युनिकेसन्स लिमिटेड र पूर्व सञ्चारमन्त्री गोकुल प्रसाद बाँस्कोटा बीचको ‘ट्विटे दोहोरी’ पछिल्लो समय जारी रहेको देखिन्छ। केहि दिनअघि वर्तमान सरकारले २५ लाखमा सीजी टेलिकमलाई लाइसेन्स दिन लागेको भन्दै गोकुल प्रसाद बाँस्कोटाले ट्वीटमार्फत कटाक्ष गरेका थिए।
उनले अन्य कम्पनीहरुले २० अर्ब तिर्नु परेको तर सरकारले ग्रामीण दूरसञ्चार सेवा बापत २५ लाखमा दिईने अनुमति पत्रको आधारमा सीजीलाई जीएसएम मोबाइलको लाइसेन्स दिन लागेको जिकिर गरेका थिए।
सम्बन्धित समाचार-
सीजीलाई जीएसएम मोबाइलको लाइसेन्स दिन लागेको भन्दै पूर्व सञ्चारमन्त्री बास्कोटाको कटाक्ष
सो ट्वीटको जवाफमा सीजीका प्रबन्ध निर्देशक निर्वाण चौधरीले विभिन्न कागतपत्रहरुका साथमा प्रमाण देखाउँदै सीजीले मोबाइल सेवाको अनुमति किन पाउनुपर्दछ भन्ने दाबी गरेका थिए।
सोही ट्वीटको सिरिजमा उनले २५ लाखमा अर्को कम्पनीलाई लाइसेन्स दिन प्रपन्च गरिएको भन्दै जवाफ दिएका थिए।
सम्बन्धित समाचार-
यसबीचमा सामाजिक संजाल ट्वीटर भरी सीजी र बाँस्कोटाको ‘ट्वीटे जुहारी’ का बारेमा बहस र छलफल जारी नै छ।
सोही क्रममा एक ट्वीटको जवाफ दिँदै पूर्व सञ्चारमन्त्री बाँस्कोटाले सीजीले १ करोड १८ लाख डलर लुटेर लगेको गंभिर आरोप लगाएका थिए। जसमा उनले १६ जिल्लामा पिसिओ राख्न लगेको सो रकम पहिले फिर्ता गर्नुपर्ने जिकिर गरेका थिए।
एक करोड १८लाख डलर सरकारबाट सीजीले लुटेको रकम फिर्ता गरोस न पहिले १६जिल्लामा पिसीओ राख्न अनुदान लेको त्यसको कम्पनीले
— Gokul Prasad Baskota (@GokulPBaskota) March 21, 2022
बाँस्कोटा सञ्चारमन्त्री भएको बेलामा पनि सीजी र उनीबिच जुहारी नै चलेको थियो ।
आज फेरी सीजीका प्रबन्ध निर्देशक चौधरीले गोकुल प्रसाद बाँस्कोटा सहभागी भएको एक कार्यक्रमको पुरानो तस्विरसहित ट्वीट गरेका छन्।
निर्वाणले तत्कालिन समयमा स्पेनको बार्सिलोनामा आयोजित मोबाइल वर्ल्ड कंग्रेसमा सीजी र टर्कसेलबीच भएको सम्झौतामा सीजी टेलिकम लन्चको लागि बाँस्कोटा धाएको दाबी गरेका छन्।
उनले भनेका छन्, “सीजीलाई लाईसेन्स दिने क्याविनेटको निर्णयपछि गोकुल बाँस्कोटा सीजी टेलिकम लन्चका लागि वार्सिलोनासमेत धाउनु भाथ्यो त । पछि उहाँलाई कसले के गरेर प्रभाव पार्यो कुन्नी त्यो पनि कुनै दिन खुल्दै जाला । उहाँ केबाट प्रभावित हुने गर्नु भएको छ भन्ने त दुनियाँलाई जगजाहेर नै छ नी!”
सीजीलाई लाईसेन्स दिने क्याविनेटको निर्णयपछि गोकुल बाँस्कोटा सीजी टेलिकम लन्चका लागि वार्सिलोना समेत धाउनु भाथ्यो त । पछि उहाँलाई कसले के गरेर प्रभाव पा¥यो कुन्नी त्यो पनि कुनै दिन खुल्दै जाला । उहाँ केबाट प्रभावित हुने गर्नु भएको छ भन्ने त दुनियाँलाई जगजाहेर नै छ नी ! pic.twitter.com/3SPhdY5mYc
— Nirvana Chaudhary (@BeingNirvana) March 23, 2022
तत्कालिन समयमा स्पेनमा आयोजित सो कार्यक्रममा त्यसबेला सञ्चार तथा सूचना प्रविधि मन्त्री रहेका गोकुल बास्कोटा सहित नेपाल दूरसञ्चार प्राधिकरणका अधिकारीहरु समेत सहभागी रहेका थिए। मोबाइल वर्ल्ड कंग्रेस २०१९ मा एक मात्र नेपाली कम्पनीको रुपमा सीजी टेलिकमले सहभागीता जनाएको थियो।
त्यसबेला नै निर्वाणले सो तस्विरसहित सम्झौता गरिएको र नेपालमा सीजी टेलिकमले नविनतम प्रविधिसहित सेवा दिने बताएका थिए। सीजी ग्रुपका निर्वाण चौधरी र टर्कसेलका अधिकारीबिच सम्झौता भएको थियो ।
सो सम्झौता तत्कालिन समयमा सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल प्रसाद बाँस्कोटा र नेपाल दूरसञ्चार प्राधिकरणका कार्यबाहक अध्यक्षको उपस्थितीमा भएको चौधरीले आफ्नो ट्वीटर एकाउन्टमार्फत जानकारी दिएका थिए। उनले ट्वीटरमा राखेको एक तस्विरमा सबैभन्दा पहिले डिजिटल प्रडक्टहरु नेपाली बजारमा भित्र्याउने र त्यसपछि मात्रै टेलिकम अपरेशन शुरु गर्ने उल्लेख थियो।
सम्बन्धित समाचार-
संचारमन्त्रीलाई साक्षीराख्दै गरेको सम्झौतापछि मोबाइलको लाइसेन्स पाउला त सीजीले ?
सीजी लाइफ सेल नाममा कम्पनीले पहिलो पटक मोबाइल वर्ल्ड कंग्रेसमार्फत कम्पनीको नाम र लोगो समेत सार्वजनिक गरेको थियो।
यो पनि समाचार हेर्नुस्-
बेरुजुको विवादले रोकियो वैदेशिक मुद्राको सिफारिस, इन्टरनेट र केबुल टिभी सेवा बन्द हुनसक्ने चेतावनी
प्रकाशित: ९ चैत्र २०७८, बुधबार