नेपाल टेलिकमको प्रबन्ध निर्देशक बन्ने हो ? त्यसोभए यी योग्यताहरु पूरा गरेर दरखास्त दिनुस्

  • Technology Khabar | २२ मंसिर २०७८, बुधबार
नेपाल टेलिकमको प्रबन्ध निर्देशक बन्ने हो ? त्यसोभए यी योग्यताहरु पूरा गरेर दरखास्त दिनुस्
नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) को भद्रकाली प्लाजामा रहेको मुख्यालय। फाइल तस्बिर

काठमाडौं ।

सरकारले नेपाल टेलिकमको प्रबन्ध निर्देशकको पदका लागि आवेदन माग गरेको छ। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव डा. बैकुण्ठ अर्यालको संयोजकत्वमा बनेको पदपूर्ति तथा सिफारिस समितिले गोरखापत्रमा एक सूचना प्रकाशित गर्दै इच्छुकहरुका लागि आवेदन माग गरेको हो।

सो सूचनाअनुसार इच्छुक व्यक्तिहरुले न्यूनतम योग्यताको आधारमा नेपाल टेलिकमको प्रबन्ध निर्देशकको पदका लागि आवेदन दिन सक्नेछन्।

छनौट समितिले यसपटक सार्वजनिक गरेको सूचनामा आवेदकले वाणिज्य, व्यवस्थापन, अर्थशास्त्र, व्यापार प्रशासन, कानून, सूचना प्रविधि, इलेक्ट्रोनिक्स इन्जिनियरिङ, टेलिकम्युनिकेशन इन्जिनियरिङ, कम्प्यूटर इन्जिनियरिङ मध्ये कुनै विषयमा स्नातकोत्तर वा सो सरहको उपाधि हासिल गरेको हुनुपर्ने उल्लेख छ।

त्यस्तै नेपाल दूरसञ्चार कम्पनी लिमिटेड वा सोही प्रकृतिका दूरसञ्चार सेवा प्रदायक संस्था वा नेपाल सरकारको पूर्ण वा आंशिक स्वामित्व भएका संस्था वा निकायको व्यवस्थापकिय पदमा कम्तीमा कम्तीमा ३ बर्षसहित १२ बर्ष काम गरेको हुनुपर्नेछ।

तर त्यस्तो अवधिमध्ये  व्यवस्थापकिय पद भन्नाले तहगत व्यवस्था भएका निकायको हकमा दशौं वा सो भन्दा माथिल्लो तह र श्रेणीगत व्यवस्था भएका निकायको हकमा राजपत्रांकित प्रथम श्रेणी वा सो भन्दा माथिको पद बुझाउनेछ।

कम्तीमा ३ बर्ष वरिष्ठ अधिकृत वा व्यवस्थापकको पदमा काम गरेको अनुभवसहितको आवेदकले मात्र दरखास्त दिने पाउनेछ।

आवेदन दिने व्यक्ति ३५ वर्षदेखि ५६ वर्षसम्मको हुनुपर्नेछ।

यसका साथमा आवेदकले ५००० हजार शब्दसम्मको व्यवसायिक कार्ययोजना पनि बुझाउनु पर्नेछ।

निवेदकहरुले पुस ७ गते दिनको ४ बजे भित्रमा आफ्नो सम्पूर्ण बिबरणहरुसहित मन्त्रालयमा रहेको संस्थान समन्वय शाखामा दरखास्त दिनुपर्नेछ।

समितिले आवेदकहरुमध्येबाट व्यवसायिक कार्ययोजना र प्रस्तुतिको आधारमा ३ जनालाई सरकारसमक्ष सिफारिस गर्नेछ। सोही ३ जनामध्येबाट एकजना टेलिकमको प्रबन्ध निर्देशक नियुक्त हुनेछन् । समितिले सम्बन्धित उम्मेद्वारले पेश गरेको व्यावसायीक कार्ययोजना, न्यूनतम शैक्षिक योग्यता, अनुभव र अन्तर्वार्ताको मूल्याङ्कन गरि नियुक्तिको लागी मन्त्रालय समक्ष सिफारिस गर्नेछ।

नयाँ प्रबन्ध निर्देशक आगामी पुस २२ गतेपछि मात्र नियुक्त हुनेछन्।

यसअघि सरकारले नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको प्रवन्ध निर्देशकको नियुक्ति र सेवा सुबिधासम्बन्धी निर्देशिका २०७८ स्वीकृत गरेको थियो।

सोहि निर्देशिकाको आधारमा दरखास्त माग गरिएको हो।

सम्बन्धित समाचार-

नेपाल टेलिकमको नयाँ प्रबन्ध निर्देशक खोजी गर्न प्रकृया शुरु, आवेदन माग गरिँदै

नेपाल टेलिकम सबैभन्दा धेरै नाफा कमाउने सरकारी स्वामित्वको कम्पनी हो भने देशभर नेटवर्क भएको ठूलो सरकारी कम्पनी हो।

यो पनि हेर्नुस्-

नियमनकारी निकाय दूरसञ्चार प्राधिकरणमा बढुवा र खुलातर्फ कर्मचारीहरु माग

प्रकाशित: २२ मंसिर २०७८, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार