नियमनकारी निकाय दूरसञ्चार प्राधिकरणमा बढुवा र खुलातर्फ कर्मचारीहरु माग

  • Technology Khabar | १९ मंसिर २०७८, आईतवार
नियमनकारी निकाय दूरसञ्चार प्राधिकरणमा बढुवा र खुलातर्फ कर्मचारीहरु माग

काठमाडौं ।

नेपाल दूरसञ्चार प्राधिकरणमा अब दुई वरिष्ठ निर्देशकसहितका पदमा भर्ति खुलेको छ। दूरसञ्चार क्षेत्रको नियमनकारी निकाय प्राधिकरणले आज सार्वजनिक सूचना प्रकाशित गर्दै वरिष्ठ निर्देशकसहित अन्य पदहरुमा आवेदन माग गरेको हो।

आवेदनअनुसार सबै पदहरुमा कार्य क्षमता मूल्यांकनको आधारमा वढुवा हुनेछ भने एक तह मुनिका उम्मेदवारहरुले योग्यता पुगेको खण्डमा आवेदन दिन पाउने भएका छन् ।

माग गरिएको पदहरुमा वरिष्ठ निर्देशक २ जना निर्देशक २ जना, उपनिर्देशक ३ जना रहेका छन् ।

यसैगरी प्राधिकरणले खुला तर्फसमेत पदहरुमा आवेदन माग गरेको छ । जसमा उपनिर्देशकसहित सहायक पदसम्मका कर्मचारीहरु भर्ना गरिने भएको छ ।

खुला तथा आन्तरिक प्रतिस्पर्धामा उपनिर्देशक २ जना,सहायक निर्देशक ६ जना र सहायक १ जना कर्मचारी माग गरिएको छ ।

आन्तरिक बढुवाको लागि आवेदन दिने म्याद ३० दिन तोकिएको छ भने खुला तर्फ २१ दिनभित्र आवेदन दिनुपर्नेछ ।

आवेदनका लागि प्राधिकरणको अनलाइन दरखास्त प्रणाली https://jobs.nta.gov.np/ मार्फत दिनुपर्ने जनाएको छ।

प्रकाशित: १९ मंसिर २०७८, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Huawei empowers Nepal’s green energy future with launch of FusionSolar9.0 Smart PV Solution

  • Technology Khabar
  • १९ मंसिर २०७८, आईतवार